कपिलवस्तुमा दुई पेट्रोल पम्प बन्द गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित उमा ट्रेडिङ र वडा नं. ४ गोपालपुर स्थित ओझा फिलिङ सेन्टरलाई सिलबन्दी गरिएको हो ।
११औँ संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले अग्रता लिनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन्। पार्टीसम्बद्ध नेपाली समाज मलेसियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भई अध्यक्ष यादव मङ्गलबार स्वदेश फर्किएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ ।
तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित चैते धानको हरियाली फाँट । गजौडे फाँट कृषि उत्पादनका लागि प्रसिद्ध रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही कल्याणकारी कोष स्थापना गर्ने सोचमा सरकार रहेको बताउनुभएको छ ।
संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ ।
राइड सेयरिङलाई वैधानिकता दिने गरी गण्डकी प्रदेश सरकारले कानुनी व्यवस्था गरेपछि यातायात व्यवसायीले देशैभर सार्वजनिक यातायात ठप्प पारेका छन् ।
विभिन्न देशका नागरिकहरूलाई ह्वाटसप र इन्स्टाग्राम मार्फत सम्पर्कमा ल्याई अनलाइन डेटिङ साइटको प्रयोग गरी हारजित हुने तवरले व्यावसायिक रूपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने कार्यमा संलग्न १७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।
कीर्तिमानी ओलम्पियन धावक वैकुण्ठ मानन्धर सम्मानित हुनुभएको छ ।
सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार सात सय जनशक्ति परिचालन गर्ने भएको छ ।
मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरूबीच विश्वास मत गुमाएपछि मङ्गलबार राजीनामा दिनुभएको संसदीय विज्ञप्तिमा बताइएको छ ।
उत्पादनको सम्भाव्यता र बजारको मागलाई बुझेर कृषि कर्ममा लाग्ने हो भने जीविकोपार्जनका लागि विदेसिनु पर्दैन भन्ने यहाँका एक कृषकले उदाहरण दिनुभएको छ । पोखरा महानगनपालिका–२८ स्याङखुदी टारीका कृषक सूर्यमोहन बास्तोलाले बाँझिएको भिरालो पाखोमा सुरु गरेको मरिच खेतीबाट राम्रो आम्दानी गरेर सबैका लागि अनुकरणीय बन्नुभएको हो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग फेरि पराजित भएको छ । सोमबार राति भएको खेलमा नेपाली महिला टोली घरेलु टोली थाइल्यान्डसँग २–० गोलले पराजित भयो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शैक्षिक प्रणालीलाई युवामैत्री बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताउनुभएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।