प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताउनुभएको छ । बुधबार ललितपुरको मंगलबजारमा आयोजित नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
समयमै सामाजिक सुरक्षा भत्ता वापत्को रकम पाउँदा शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीकी ७३ वर्षीया मनादेवी साउद अत्यन्तै खुसी हुनुभएको छ ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा आयोजित प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि महाकाली युवा क्लब लालबन्दी १७ रानिगन्जले जितेको छ ।
दौरा सुरुवाल र ढाका टोपीमा सजिएका पुरुष अनि, गुन्यू चोलो र चौबन्दी लगाएर लाछा धागोले कपाल बाँधेका महिला । पाँचथरमा जातीय पहिचान झल्किने भेषभुषामा सजिएर याबु्रङ, डम्फु र ढोल बाजागाजाका साथमा उनीहरु देउसी खेलिरहेका छन् ।
हिन्दुहरुको दोस्रो महान पर्व तिहारमा सरकार र स्थानीय पालिकाले प्लास्टिकजन्य माला प्रयोग नगर्न आह्वान गरेका गरेको थियो । तर रुपन्देहीलगायत तराईका जिल्लामा भने खुलेआम प्रतिबन्धित माला किनबेच भइरहेको छ । नियामक निकायले भने यो अवैध व्यापार नियन्त्रणमा लिन खासै चासो देखाएको छैन ।
नयाँ वर्ष न्हू दँ नेपाल सम्वत् ११४६ बागलुङमा मनाइएको छ । न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४४ मनाइएको हो ।
उपचार खर्च नहुँदा गुल्मीमा एक सुत्केरीको बिचल्ली भएको छ । यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–५ वस्तु अमराईकी २९ वर्षीय सरस्वता सुनार भैरहवा मेडिकल कलेजमा बिचल्लीमा पर्नुभएको हो ।
नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट काम गर्दै आएको स्याङ्जाको वालिङ नगरपालिकाले गएको आर्थिक वर्षमा झण्डै २७ लाख आम्दानी गर्न सफल भएको छ । फोहोरमैला व्यवस्थापन शुल्क र बिक्री शुल्क वापत यो रकम आम्दानी गरेको हो ।
गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ््कलन गरेका छन् ।
विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ ।
नेपाल सम्वत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ ।