नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
पेरुमा बढ्दो हिंसा रोक्नका लागि राष्ट्रपति जोस जेरीले मङ्गलबार राजधानी लिमामा ३० दिनको आपतकालीन अवस्था घोषणा गर्नुभएको छ ।
दुबै मिर्गौला फेल भएर थला पर्नुभएका वरिष्ठ लोक गायक एवं कलाकार कमल विके निर्माेहीको उपचार सहयोगार्थ नेपालगन्जमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको मौलिकता र संस्कृतिलाई स्थापित गर्न नेपाल संवत्ले विशिष्ट भूमिका खेलेको बताउनुभएको छ ।
मकवानपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ बुक तास, १६ वटा कौडासहित ५ जनालाई नियन्त्रणमा लिएको हो ।
ताप्लेजुङको फुङलिङ नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुधबार बिहान ११ बजे फुङलिङ नगरपालिका –८ बाहन्नदेनजिक बानियाँ खोल्सीमा मोटरसाइकल दुर्घटना हुँदा दिल तुम्रोक र मुक्साम लिम्बू घाइते हुनुभएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कण्ठिपुरले तिहारमा सयपत्री फूल उत्पादन गरेर बिक्री वितरण गरेको छ ।
। तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ आज गाई पूजा गर्नुभएको छ। कात्तिक कृष्णऔँसी अर्थात् गाई तिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गर्ने गरिन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा आजदेखि अपाङ्गतामैत्री पदयात्रा सुरु भएको छ ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ३१ असोजमा हेटौँडा उपमहानगरपालिका–१० बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले हेटौँडा–१० बस्ने ३७ वर्षीय अर्जुन तामाङ भन्ने विजय तामाङलाई पक्राउ गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले देशको वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक लिएर तोकिएको समयमा निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न सरकार दत्तचित्त भएर लागेको बताउनुभएको छ ।
दसैँको बेला दुर्गा देवीको मूर्ति विसर्जनका क्रममा दुई समुदायविच उत्पन्न विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका पाँच स्थानमा जारी गरेको निषेधाज्ञालाइ १५ दिनपछि हटाइएको छ ।