सीमित स्रोत र साधनको समुचित परिचालन गरी निश्चित समयमा लक्षित उपलब्धि हासिल गर्न गरिने व्यवस्थित प्रयास नै योजना हो ।
यो वर्षको मनसुन सुरु भएसँगै कोशी राजमार्ग अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–६, फेदीमा लेउती खोलामा आएको बाढीले करिब एक सय मिटर सडक बगायो । सडक डिभिजन कार्यालय धनकुटाको प्रारम्भिक अनुमान अनुसार बाढीले सोही स्थानमा मात्र करिब साढे चार करोड रुपियाँ बराबरको क्षति पु-याएको छ ।
साथीहरू, को–को कति कक्षामा पुग्नुभयो ?
नयाँ उत्साहका साथ हामी नयाँ वर्षमा प्रवेश गरेका छौँ ।
बागमती प्रदेशमा प्राकृतिक तथा मानव सिर्जित विपत्को जोखिम पछिल्लो समय बढ्दै गएको भन्दै यसको नियन्त्रणमा जोड दिइएको छ । विपत्को पूर्वतयारी र विपत्पछिको उद्धार राहतलगायतका सवालमा छलफल गरिएको छ । मकवानपुरगढी गाउँपालिका–६ स्थित भालुखोलामा सामुदायिक रेडियो प्रसारक सङ्घ (सिआइएन) ले आयोजना गरेको ‘हेलो सांसद’ सार्वजनिक सुनुवाइमा वक्ताले विपत् नियन्त्रणमा तिनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक भएको बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताउनुभएको छ ।
मोरङको कटहरी गाउँपालिकामा दुई अर्ब रुपियाँको लगानीमा सामुदायिक अस्पताल निर्माण गरिएको छ । जीवन विकास समाज अन्तर्गतको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन
गुल्मीमा मदन भण्डारी राजमार्गको पहिलो खण्डअन्तर्गत आठ किलोमिटर सडक कालोपत्रे भएको छ । रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जातीय छुवाछूत अन्त्यका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो ।
आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।
जाजरकोटको पशु अस्पताल तथा पशु सेवा कार्यालयको भौतिक संरचना छ वर्षदेखि सशस्त्र प्रहरीको प्रयोगमा छ । आफ्नै भवन र फराकिलो जग्गा हुँदाहुँदै पनि सशस्त्र प्रहरीको काँडेतारभित्रै तीनकोठे कच्ची घरमा पशु सेवा कार्यालय खुम्चिएर बस्नु परेको छ ।