उदीयमान राष्ट्रहरूको बढ्दो ऋण, भारी कर र वित्तीय असुरक्षाका कारण नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणाली खतरामा परेको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बुधबार चेतावनी दिनुभएको छ।
नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीलाई अमेरिकाको टेक्सस राज्यस्थित फोर्ट वर्थ सिटीले मान्यता प्रदान गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउनमा संलग्न भनेर पक्राउ परेका सोनम थेबे राष्ट्रिय युवा संघ नेपालमा कहिल्यै आवद्ध नभएको स्पष्ट पारेको छ । बुधबार युवा संघका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गर्दै उनी संघमा नरहेको स्पष्ट पार्नुभएको हो।
रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष राम सोगारथ राय यादवको मृत्यु भएको छ ।
लमजुङको मर्स्याङदी गाउँपालिका –८ स्थित घट्टेखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतक चितवन भरतपुर महानगरपालिका –१७ भुवनवस्तीका ३१ वर्षीय विकास परियार रहेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीलाई मुलुकका प्रतिष्ठित कलाकारहरूले कुसूचना र प्रोपोगान्डाबाट नडराई आफ्नो संकल्पअनुसार अघि बढ्न सुझाव दिनुभएको छ।
मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिमस्थित पञ्चपुरी नगरपालिका–९ मा कालोपत्रे गरिएको सडक, विद्यापुर खोलामा निर्माणाधीन पक्की पुल र पृष्ठभूमिमा सडक किनारमा धानखेती ।
प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा नेपाली चलचित्र र संगीत क्षेत्रका कलाकारको उपस्थिति थियो । छलफलमा विजय बराल, कालीप्रसाद रिजाल, निश्चल बस्नेत, ऋचा शर्मा, बिपिन कार्कीलगायत कलाकारको उपस्थिति थियो ।
तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित गण्डकी गोपाल गौशालामा स्थानीय भेला भएर सामूहिक गाई पूजा गरेका हुन। गौशालामा एकसय पचास भन्दा बढी स्थानीय जातका गाई छन्।
दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरी तथा ताललाई स्थानीयको सहयोगमा विशेष रूपमा श्रृङ्गार्न थालिएको हो ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडा प्रवेश गरेमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पक्राउ गर्ने निर्णयलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) को गिरफ्तारी वारेन्ट अनुरूप समर्थन गर्ने पुष्टि गर्नु भएको छ ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजार र आसपासबाट देखिएको सुन्दर र रमणीय दृश्य।
बाँके जिल्लामा करिब एक महिनाको अवधीमा एक हजार भन्दा बढी मतदाता थपिएका छन् ।
जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ ।