तनहुँका सबै पालिकाले बुधबार आज सार्वजानिक बिदा दिएको छ । दस वटै पालिकाले जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा आज सार्वजानिक बिदा दिएको हो ।
बाँकेको हुलाकी सडक अन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको लम्बाइ बढाउन बाँकेका तीन पालिकाले माग गरेका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङकी एक व्यूटीपार्लर व्यवसायी पुरस्कृत हुनुभएको छ । फुङ्लिङ बजारस्थित न्यू सौन्दर्य व्यूटीपार्लरकी सञ्चालक सितला श्रेष्ठ जिल्लाकै उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत हुनुभएको हो ।
नवलपरासीपश्चिमको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ स्वीकृत गरेको छ ।
बागलुङका स्थानीय तहको बजेट १८ करोड रुपियाँले घटेको छ । बागलुङका १० स्थानीय तहका लागि सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १८ करोड ११ लाख रुपियाँ घटाएर बजेट विनियोजन गरेको छ ।
देशकै गौरवको कारखानाका रूपमा रहेको नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दा अघिको तलब भत्ता पाउने भएका छन् ।
बर्दियाको बालापुरमा बालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणमा आएको छ । जेठ १४ गते बुधबार बिहान सात वर्षीया बालिका सायरा थारूलाई आक्रमण गरी मार्ने चितुवा सोही स्थानमा पासोमा परेको हो ।
पछिल्ला दिनमा गण्डकी आयुर्वेद अस्पतालमा बिरामीको आकर्षण बढ्दै गएको छ । पर्वत निवासी ६६ वर्षीय उमाशङ्कर उपाध्याय (नाम परिवर्तन) २० वर्षदेखि जीर्ण घाउबाट पीडित हुनुहुन्छ । उहाँको घाउ विगत लामो समयदेखि कहिले निको हुने कहिले आफैँ बल्झिने गर्दछ ।
सुडानमा सन् २०२३ देखि जारी सशस्त्र द्वन्द्वका कारण हालसम्म चार लाखभन्दा बढी नागरिकले देश छाडिसकेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ । उक्त सङ्ख्यालाई संस्थाले ‘विनाशकारी मोड’ को रूपमा उल्लेख गरेको छ ।
बजेट अभाव हुँदा बेनी–दरबाङ सडकको तेस्रो खण्ड रणबाङ–दरबाङ सडक कालोपत्रे योजना रोकिएको छ । यो खण्डको सात किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न पूर्वाधार विकास कार्यालयले छ वर्षअघि ठेक्का लगाएको थियो ।
सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी विष्ट टोलमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
नेपालको राजनीतिक पहिचान नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत चोरमारास्थित गिरुवारी खोला पुल मर्मत सकेर बुधबारबाट सञ्चालन गरिने भएको छ ।
सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रबाट मनग्गे प्रशंसा पाएको छ ।