नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ ।
महोत्तरीसहित तराई(मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ ।
गुल्मीको रेसुङ्गा नगरपालिक वडा नम्बर–४ अर्खलेस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ । विद्युत सर्ट भएर इश्वरीप्रसाद भण्डारीको घरमा बिहीबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यहाँको दोदा नदीमा निर्माणाधीन पुलका काम ९० प्रतिशत कार्य पूरा भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार आगामी पुष मसान्तभित्र सम्पन्न गर्ने गरी पुल निर्माणको काम भइरहेको छ ।
आज बिहीबारको दिन तराईमा भाइटीकाको झल्को र उल्लासले बेग्लै वातावरणलाई रमाइलो र उत्साह मय भएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
तिहारको अवसरमा तनहुँ कारागारका कैदीबन्दीलाई भाइटीका लगाउने अवसर प्रदान गरिएको छ । चाडपर्वमा पनि कैदीबन्दीको मन खल्लो नहोस् भन्ने उद्देश्यले बिहीबार बिहान ७ देखि साँझ ५ बजेसम्म भाइटीका लगाउने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ ।
यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ११ को कार्यालय तोडफोड गर्ने दुई जना पक्राउ परेका छन्।
नेपालीको दोस्रो ठुलो पर्व तिहारको पाँचौं दिन बुधबार साँझ पर्यटकीयस्थल लभ्लीहिलबाट देखिएको झिलिमिली बत्तीसहितको बेनीको सुन्दर दृश्य।
दिदीभाइबिचको बिशेष वर्ष भाइटीकाको अघिल्लो दिन रुकुमपश्चिमको मुसीकोट नगरपालिका –४ सोलाबाङका एक युवकको खोलामा डुबेर मृत्यु भएको छ ।
नेपाल संवत् न्हूदँ ११४६ को अवसरमा बुधबार काठमाडौँको तारकेश्वर नगरपालिका–९ स्थित मनमैँजुमा नेवार समुदायले निकालेको भिन्तुना र्याली ।
सङ्घले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालले बेवास्ता गरेको भन्दै कार्यान्वयनको माग गरेको हो।
नेकपा माओवादी केन्द्रका संयोजक एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनु भएको छ ।