सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले हाम्रा हिमालको प्राकृतिक सौन्दर्यता जोगाउन राज्यले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।
निर्माण सामग्रीको अभावमा सल्यान थारमारे–मौलाहाले–बडागाउँ हुँदै चौरजहारी जोड्ने सडक स्तरोन्नतिको काम एक महिनादेखि रोकिएको छ । निर्माण सामग्री अभावका कारण थारमारे चौरजहारी सडकको वडागाउँ रागेचौर सडक खण्डको बैशाखको पहिलो सातादेखि काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।
गोरखाको गण्डकी गाउँपालिका पूर्णखोप सुनिश्च्यित एवम् दिगोपना गाउँपालिका घोषणा भएको छ ।
“गोरुले जोत्न घण्टौं लाग्थ्यो, अब भने केही घण्टामै काम सकिने भयो” सल्यानको छत्रेश्वरी गाउँपालिका–७ रावत गाउँका किसान रामबहादुर रानाले उत्साहित हुँदै भन्नुभयो, “गाउँपालिकाबाट अनुदानमा खेतबारी जोत्ने मेसिन (मिनि ट्रिलर) पाएपछि खेतीपातीको काम सजिलो भएको छ ।”
निर्धारित समयभन्दा आगावै मनसुन आएपछि सप्तरीका किसानलाई चैते धानबाली भित्र्याउन समस्या भएको छ । यस वर्ष दुई साता अगाबै मनसुन आएसँगै लगातार भइरहेको वर्षाले चैते धानवाली भित्रयाउन समस्या भएको हो ।
उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी हुनुहुन्छ । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम हुनुहुन्न उहाँ । हिमाली जिल्ला जुम्ला तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली गाउँ निवासी उहाँ अहिले सरस्वती प्राविधिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङले मानव सभ्यतासँग जोडिएका हिमशृङ्खलाले जलवायु परिवर्तनको असर भोगिरहेकाले मानव सभ्यता जोगाउन विश्व समुदायको ध्यान हिमशृङ्खला संरक्षणमा जानुपर्ने बताउनुभएको छ ।
गोरखाको हरमटारी-आरुघाट सडक पूर्णरूपमा बन्द भएको छ ।
जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त भएको हो ।
म्याग्दी सदरमुकाम बेनीस्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ ।
इलामको सूूर्योदय नगरपालिका–७ सिङ्गाममा गोलिया काट्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाएका सूूर्योदय –८ का २६ वर्षीय निरोज लाप्चा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विद्यार्थीले सङ्घीय संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरू उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ ।