पूर्व-पश्चिमको महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मङ्गलपुरमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुुझाव बुुझाएको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
मनसुनजन्य विपद् व्यवस्थापनका लागि झापाका सुरक्षा निकाय, स्थानीय तह, रेडक्रस लगायतका सरोकारवाला निकायले पूर्वतयारी तीव्र तुल्याएका छन् ।
मन्त्रिपरिषद्को बैठकले गोरखापत्र संस्थानसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको छ। मन्त्रिपरिषदको २०८२ जेठ १५ गते बसेको मन्त्रिपरिषद्को बैठक सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
“गोरुले जोत्न घण्टौं लाग्थ्यो, अब भने केही घण्टामै काम सकिने भयो”, सल्यानको छत्रेश्वरी गाउँपालिका–७ रावत गाउँका किसान रामबहादुर रानाले उत्साहित हुँदै भन्नुभयो। गाउँपालिकाबाट अनुदानमा खेतबारी जोत्ने मेसिन पाएपछि खेतीपातीको काम सजिलो हुने भन्दै उहाँ खुसी देखिनुभएको हो।
मनसुन सक्रिय बनेसँगै पर्वतमा जेठ तेस्रो सातादेखि नै धान र कोदोको रोपाइँ सुरु भएको छ ।
पर्यटक बसलाई ढुङ्गा हानेर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमा थियो । फाट्टफुट्ट आन्तरिक पर्यटक पुगे पनि चर्चामा आउन थालेको थिएन । तर, पछिल्लो समय जलजला पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।
स्थानीय र मधेश प्रदेश सरकारको समन्वयमा लाइफ नेपालले धनुषाको आठ वटा पालिकामा सञ्चालन गरेको बालविवाह निषेधीकरण तथा बालिका शिक्षा प्रवर्धन परियोजना अन्तर्गत बुधबार चालिस जना किशोरीहरुलाई डिजिटल-वित्तीय साक्षरता तथा उद्यमशीलताको तालिम दिइएको छ ।
सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा हुन थालेको छ ।
सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ स्थित बरुण नदीमा तीन वर्षअघि सुरु भएको ६० मिटर लामो पक्की पुलको निर्माण अझै अधुरै छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य, नदीजन्य वस्तुहरु उत्खनन गरेर स्वदेशमा मात्रै नभई विदेशमा समेत बेच्ने वातावरण बनाउन सरकार लागेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताउनुभएको छ ।
डोटीमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा जीप दुर्घटना भएको हो ।