यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ ।
उच्च पहाडी तथा हिमाली भेगमो खोज तथा उद्धारलाई प्रभावकारी बनाउन महिला प्रहरीको टोलीले नेपाल र चिनको सिमानसम्म स्थलगत अवलोकन गरेका छन् ।
गत भदौ २३ गते जेनजी प्रदर्शनका दिन गीता साह कोटेश्वरस्थित घडी पसलमै हुनुहुन्थ्यो । माइतीघरबाट सुरु भएको आन्दोलन कोटेश्वरसम्म आउला र त्यो आन्दोलनको घानमा आफू परिएला भन्ने उहाँलाई के थाहा ? तर भइदियो त्यस्तै ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले जसपा नेपाल छठ पर्वपछि मधेश प्रदेश सरकारमा सहभागी हुने बताउनुभएको छ ।
पिताजी कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले नेपालीहरूको दोस्रो ठूलो राष्ट्रिय पर्व तिहार (दीपावली) २०८२ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण लुम्बिनी प्रदेशवासीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
बङ्गलादेशको एक अदालतले सन् २०२४ को सैनिक विद्रोहका क्रममा जबरजस्ती बेपत्ता र अत्याचार गरेको आरोपमा १५ जना वरिष्ठ सेना अधिकारीलाई बुधबार हिरासतमा पठाएको छ ।
बागलुङ नगरपालिका वडा नं. ३ गुठीस्थित ज्ञानोदय बुद्व बिहार दाताहरुको सहयोगमा पुनर्निर्माण गरिएको छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्र बिहारलाई मौलिक शैलीमा पुननिर्माण गरेपछि चिरीचयाट्ट बनेको छ ।
तिहारको अवसरमा सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीन मिलेर देउसीभैलो खेलिरहेका छन् । साँस्कृतिक जर्गेना गर्ने मुख्य उद्देश्यसहित दृष्टिविहीनले तीन दिनदेखि देउसीभैलो खेलिरहेका हुन् ।
पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ४ः१५ बजे भरतपुर महानगरपालिका– १२ गोन्द्राङमा सो दुर्घटना भएको हो ।
सडक सुविधा पुगेपछि चन्द्रकोट गाउँपालिका–४ को शान्तिपुर बजारबाट करिव ४५ मिनेट टिमुरे ताल आउँछ । अग्लो पहाडको टुप्पोमा बनेको निकै सुन्दर र रमणीय प्राकृतिक ताल आफैँमा उत्कृष्ट छ ।
नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष दिपकराज खड्काको मृत्यु भएको छ ।
म्याग्दीको रघुगङ्गङ्गा गाउँपालिका–८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ ।
यही कात्तिक १५ देखि २२ गतेसम्म यहाँ हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको छ ।
‘फेसन’ र सांस्कृतिक विविधताको सहर भनेर परिचित धरान तिहारको झिलिमिली उज्यालोमा चम्किएको छ ।