सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीन दिन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै जेठ २७ देखि २९ गतेसम्म लाइसेन्स छपाइ बन्द हुने जनाएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिगो विकासका लक्ष्य प्राप्त गर्न वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै वातावरणमैत्री प्रविधि अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृषि प्रजातिका धेरै रैथाने बाली लोपोन्मुख हुने अवस्थामा पुगेको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ १५ पैसा र बिक्रीदर १३७ रुपियाँ ७५ पैसा कायम भएको छ ।
नेपाल सरकारले गोरखापत्र संस्थानसम्बन्धी नयाँ विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको छ । सरकारको निर्णयसँगै २०१९ साल चैत ३० गते जारी भएको गोरखापत्र संस्थान ऐनको सट्टा समयसापेक्ष नयाँ ऐन बनाउने बाटो खुलेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जन्मदिनको अवसरमा श्रीखण्डको विरुवा रोपण गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्माणाधीन भवनको परिसर क्षेत्रमा श्रीखण्डका विरुवा रोपेर उहाँले आफ्नो जन्मदिन मनाउनु भएको हो ।
गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त यहाँको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजना जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ । आज एक कार्यक्रमबीच नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र नगरप्रमुख अशोक ब्याञ्जुले संयुक्त रूपमा पनौती–१२ स्थित मुहान क्षेत्रमा शिलान्यास गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ ।
गृहमन्त्री रमेश लेखकले विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन्छ भन्ने मानसिकतामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सामाखुसीस्थित नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री लेखकले यस्तो निर्देशन दिनुभएको हो ।
लोकसेवा आयोगले ७५ वर्ष पुगेको उपलक्ष्यमा आँखा शिविर, रक्तदान, प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी हीरक महोत्सव मनाउने भएको छ ।
भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो ।
नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ ।
बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भीड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ललितपुर, जेठ २१ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय समता दिवस तथा छुवाछुतमुक्त राष्ट्र घोषणाको सन्दर्भमा नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीति दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो । सो अन्तरसंवादको समापन समारोहमा उहाँले असमानताको अन्त्य गरेर मात्र लक्ष्यमा पुग्न सकिने बताउनुभयो । उहाँले लोकतन्त्र र बहिष्करणसँगसँगै जान नसक्ने उल्लेख गर्नुभयो ।“अबको १० वर्षसम्मको अभियान के हुनसक्छ भनेर योजनाबद्ध रुपमा लाग्नुपर्छ, आजको छलफल विचार उत्तेजक र ज्ञानवद्र्धक पनि भएको छ,” महामन्त्री थापाले भन्नुभयो, “स्वर्गीय प्रदीप गिरीले भन्नुभएअनुसार राजनीतिज्ञहरु बौद्धिक रुपमा ठीक ठाउँमा हुँदाहुँदै कतिपय अवस्थामा भावनात्मक रुपमा ठिक ठाउँमा नहुन पनि सक्छन्, यसमा हामीले ध्यान दिनुपर्नेछ ।”पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सत्तामा पुग्न नेतृत्वले गरेको व्यवहार र सोचका कारण विभेदको अन्त्य नभएको बताउनुभयो । बहसमा मात्रै केन्द्रीत नभएर समस्यालाई समाधानमा लाग्नुपर्ने उहाँको भनाइ छ ।पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले सुरु गरेको असमानता, छुवाछूत र विभेद्विरुद्धको अभियानलाई तीव्रता दिनुपर्ने बताउनुभयो । “नेपालमा मात्रै विभेद छ भन्ने भाष्य पनि सही छैन, देशको आधा जनसङ्ख्या महिला हुँदा पनि स्वीजरल्याण्डमा त लामो समयसम्म मताधिकार नै दिइएको थिएन, पछि मात्रै भएको हो । यो सबै कुरा शिक्षा र चेतनाले फरक पार्दो रहेछ, हामीले यसलाई तत्कालै ध्यान दिनुपर्छ, नियम र कानुनले मात्रै हुँदैन” उहाँले भन्नुभयो ।नागरिकको घरघरमा पुग्ने संस्था भनेको राजनीतिक दलहरू नै भएकाले छुवाछूतविरुद्ध बाँकी रहेको अवशेष हटाउन क्रियाशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६ मा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । पनौतीबाट–मेदाम्सु जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको यात्रुवाहक बस बेथानचोक गाउँपालिका–६ भुग्देउबाट तावरे जाने बाटोमा दुर्घटना भएको हो ।