• ६ कात्तिक २०८२, बिहिबार

नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको बैठक लाप्चामा सम्पन्न

blog

महासङ्घको बैठकका सहभागीहरू पाँँच हजार मिटर उचााईको लाप्चामा ।

राजन रावत

हुम्ला, कात्तिक ६ गते । नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको पूर्ण बैठक नाम्खा गाउँपालिकाको लिमीको लाप्चामा सम्पन्न भएको छ । पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचारप्रसार र प्रवर्धन गर्न महासङ्घको बैठक पाँच हजार मिटर उचाईको लाप्चामा सम्पन्न भएको हो ।

नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाको चौथो पूर्ण बैठक लिमीको पाँच हजार मिटर उचाईको लाप्चामा सम्पन्न भएको महासङ्घ हुम्ला शाखाका उपाध्यक्ष सुरेश परियारले जानकारी दिनुभयो । 

पर्यटकीय क्षेत्र भएर पनि लिमी उपत्यका र लाप्चा क्षेत्रको खासै प्रचार प्रसार हुन नसकेको कारण महासङ्घले आफ्नो बैठक लाप्चामा राख्ने कार्य गरेको हो । बैठकले पर्यटकीय स्थल लिमी र लाप्चाका प्रचार प्रसार गर्ने, न्यालु, ताक्ची र लाप्चाका सञ्चारको पहँँच पुर्याउन नेपाल सरकारसँग माग गर्ने,  महासङ्घका पाँच जना पुर्व अध्यक्षहरू जयबहादुर रोकाया, तीर्थराज रोकाया, कर्णबहादुर रोकाया, रमेश ऐडी अर्जुन बोहरालााई सम्मान पनि गरेको छ भने हाल काठमाडौँमा उपचार पत्रकार मिमसिंह नेपालको उपचारका लागि आर्थिक सहयोगका लागि पहल गर्ने निर्णय पनि गरेको छ । 

महासङ्घको बैठक लाप्चामा वस्नका लागि पन्द्र सदस्यीय पत्रकारको टोली लिमीतर्फ गएको थियो । लाप्चा क्षेत्रमा हिउँ जमेको कारण पूर्वाधार विकास कार्यालयले एक्साभेटर लगाएर हिँउ फाल्ने कार्य गरेको थियो । महासङ्घको टोली लिमीकै हल्जी गाउँँमा पनि पुगेको थियो । टोलीलाई प्राथमिक उपचारका लागि तीन हजार मुल्यको औषधीको व्यवस्था हेल्थ अस मेडिकल सेन्टर गरेको छ ।