नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २५ पैसा र बिक्रीदर १४० रुपियाँ ८५ पैसा निर्धारण गरिएको छ ।
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बिहीबार दुर्घटनाग्रस्त बस । पोखराबाट दमौली आउँदै गरेको ग १ ख ९३०१ नम्बरको बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइँदैछ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय सोमलाल गोलेको ढुङ्गा माटो र ढुङ्गाको पाताले छाएको दुई तले कच्ची घरमा मङ्गलवार विद्युत सर्ट भएर आगलागी भएको हो।
दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, आरोग्य र प्रगतिको कामना गर्दै लगाउने भाइटीका पोखरामा पर्यटकले समेत लगाएका छन्।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन्।
धार्मिक र सामाजिक सद्भावको नमुना मानिने नेपालगन्जमा मुस्लिमले हिन्दु समुदायका दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाएका छन् ।
सुर्खेतको चौकुने गाउँपालिका–७ मा रहेको मदन भण्डारी राजमार्ग र आसपासको क्षेत्र। सुर्खेत मध्य भूभागबाट डोटी जोड्ने लक्ष्य राखेको सडकले वर्षौदेखि सडकबाट विमुख नागरिकलाई सहज बनाएको छ।
विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा अञ्जली मास्केले २०८ दाजुभाइलाई २७ औँ वर्षको सामूहिक टीका लगाइदिनुभएको छ ।
तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै बिहीबार दिउँसो १ बजेतिर बसले ठक्कर दिंदा राप्ती गाउँपाकिका५ सिंगेखोला निवासी करिव ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पार्नु भएको छ ।
इजरायली र अमेरिकी वैज्ञानिकको एक संयुक्त टोलीले मानव कोशिकाको न्युक्लियसमा प्रवेश र निर्गमन नियन्त्रित गर्ने सूक्ष्म ‘गेटवे’ प्रणालीबारे अभूतपूर्व खोज गरेको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताउनुभएको छ ।