मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लोकतन्त्र र गणतन्त्रभन्दा उन्नत शासन प्रणाली संसारमा अहिलेसम्म कहीँकतै नरहेको प्रतिक्रिया दिनुभएको छ ।
च्याङ्ग्राकोे भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसद्को गतिरोध अन्त्य गर्न सिर्जनात्मक र रचनात्मक ढङ्गले अघि बढ्ने निर्णय गरेको छ ।
नेपालमा दोस्रो पटक सिस्याउने चरा भेटिएको छ । करिब दस वर्ष अघि भेटिएको सिस्याउने चरा रूपन्देही जिल्लाको लुम्बिनीकार स्टेसन नजिकै भेटिएको हो ।
विश्व वातावरण दिवसको अवसरमा युएनडिपी नेपालले काठमाडौँमा चित्रकला प्रदर्शनी आयोजना गरेको छ । “बिटिङ द प्लास्टिक’’ नारामा केन्द्रित प्रदर्शनीमा सुशीला कला प्रतिष्ठानका विभिन्न उमेर समूहका ६० जना विद्यार्थी कलाकारका रचनात्चमक चित्रहरु राखिएको छ ।
यहाँको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो ।
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा डम्बरबहादुर पालुङवा चयन हुनुभएको छ । लिम्बू जातिहरूको साझा संस्था चुम्लुङको बुधबार सम्पन्न भएको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पालुङवा सर्वसम्मत चयन हुनु भएको हो ।
बागलुङका दुई बजारको फोहाेर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन हुन नसकेको हो ।
सल्यानको वनगाँड कुपिन्डे नगरपालिका–८ स्थित पर्यटकीय क्षेत्र कुपिन्डे दह । कुपिण्डे दह हेर्न आउने पर्यटकको सङ्ख्या पछिल्लो समय बढ्दो छ ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसको आधारमा क्याम्पसले ‘क्युएए’ प्राप्त गरेको हो ।
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ ।
राष्ट्रिय वाणिज्य बैँकले कञ्चनपुरमा थप शाखा विस्तार गरेको छ । जिल्लास्थित झलारी बजारबाट बिहीबारदेखि नयाँ शाखा विस्तार गर्दै बैँकले कारोबार सुरु गरेको छ ।
चितवनको भरतपुरमा पशुपक्षीका लागि नमुना विशिष्टीकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माण भएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लगानीमा आधुनिक भेटेनरी अस्पताल निर्माण गरिएको हो ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद (एनएचपिसी) ले महोत्तरी जिल्लामा मापदण्ड पूरा नगरी सञ्चालन हुँदै आएको ६ वटा क्लिनिक तथा अस्पताल तत्कालै बन्द हुने जनाएको छ ।