बाजुराको हिमाली गाउँपालिका –६, का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक ३० हजार आम्दानी गर्दै आउनुभएको छ ।
तनहुँको व्यास नगरपालिका–५, मादी नदी छेउको धानफाँट र सँगै रहेको चापाघाट र पतेनी आसपासका बस्तीहरू ।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
जेनजीको प्रतिनिधित्व गर्ने एक समूहले सबै जिल्लामा जेनजी सम्मेलन गर्न माग गरेको छ । जेनजीका मागका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन आज माइतिघरमा धर्ना दिने क्रममा उनीहरुले सबै जिल्लामा जेनजी सम्मेलन र काठमाडौँमा केन्द्रीय सम्मेलनको आयोजना गर्ने वातावरण बनाउन सरकारसँग माग गरे ।
कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यू भएको छ । रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरीया नदीमा पौेडी खेल्न गएका बालिकाहरुको डुबेर मृत्यू भएको हो ।
गुल्मीमा एक वर्षमा ३८ किलोमिटर सडक कालोपत्रे भएको छ । आर्थिक वर्ष २०८१–८२ मा सडक पूर्वाधार विकास कार्यालय गुल्मीले कुल ३८ किलोमिटर सडक कालोपत्रे गरेको हो । त्यस्तै १६.५६ किलोमिटर सडक ग्राभेल र ५.३ किलोमिटर सडक ढलान भएको कार्यालयले जनाएको छ ।
गुल्मीका विभिन्न स्थानका किसानले बारीमा लगाएको तोरी फुलेर पहेँलै भएको छ। यहाँका किसानले लगाएको तोरी फुलेर बारीको अत्यन्त सुन्दर दृश्य देखिएको छ।
नवलपुरको गैँडाकोट नगरपालिका-४, धारापानीमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ ।
अन्नपूर्ण हिमालको काखमास्थित सुन्दर पञ्चकुण्ड ताल र ताल छेउमा मनमोहक दृष्यसाथ यसपालीको भाइटीका लगाइएको छ ।
यहाँको थासाङ गाउँपालिका–२, लार्जुङमा गाउँघरमा पाइने भ्रप्सा माटोद्वारा निर्मित लोभलाग्दो रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय ज्ञानेन्द्र शेरचनले बेनी–जोमसोम सडकमार्ग नजिकै १२ रोपनी जग्गामा माटो मात्रै प्रयोग गरी रिसोर्ट निर्माण गर्नुभएको हो ।
पशुपति क्षेत्रस्थित गौरीघाटबाट गु्ह्येश्वरीसम्मको बाग्मती किनारमा छठ पर्वको तयारी सुरु भएको छ ।
भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बिउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ ।
कैलालीको कैलारी गाउँपालिका–९ मा रहेको कोइलही ताल । ७२ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल पछिल्लो समय आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्दै आएको छ ।
देशको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाले रणनीतिक महत्त्वका ३२ वटा सडक आयोजना सम्पन्न गरेको छ ।
वासिङ्टन र काराकासबिचको बढ्दो तनावका बिच भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले बिहीबार अमेरिकालाई सम्बोधन गर्दै अङ्ग्रेजी भाषामा एक निवेदन जारी गर्नु भएको छ -“कृपया, पागल युद्ध नगर्नुहोस् !”