सरकारको आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा राष्ट्रिय सभाका सदस्य सत्तापक्ष र विपक्षमा विभाजित भएका छन् । सत्तापक्षका सदस्यले बजेट उत्पादन बढाउने, रोजगारी सिर्जना गरेर समृद्धि हासिल हुनेमा केन्द्रित भएको बताउनुभएको छ । सत्ताइतरका सदस्यले भने बिचौलिया र पुँजीवादलाई प्रश्रय दिने बजेट आएको टिप्प्णी गर्नुभयो ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ९७ पैसा र बिक्रीदर १३७ रुपियाँ ५७ पैसा कायम भएको छ ।
‘कनेक्ट किसान’ को कृत्रिम बौद्धिकता (एआई) सल्लाह प्रणालीको क्षमता परीक्षण गर्दै ‘कफी सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?’ भनेर सोध्दा उक्त प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिएको छ ।
काठमाडौँ, जेठ २२ गते । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई दिइएको छ ।नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रहरी नायब महानिरीक्षक घिमिरेलाई प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।
काठमाडौँ, जेठ २२ गते । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि छैटौँ राष्ट्रिय मह मेला सुरु भएको छ । मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले सरकार किसानको साथमा रहेको उल्लेख गर्दै उत्पादन बढाउनतर्फ लाग्न आग्रह गर्नुभयो । नेपाल मौरीपालक महासङ्घ, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेड र व्यावसायिक किट विकास केन्द्रको संयुक्त आयोजनामा सुरु भएको मह मेलाको सहआयोजकमा मौरी विकास केन्द्र गोदावरी, मौरीपालन विकास केन्द्र भण्डारा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ चितवन, जिम्याप नेपाल रहेको छ । मन्त्री अधिकारी भन्नुभयो, “सक्नेले दैनिक एक चम्चा मह खानुस्, स्वास्थ्यलाई फाइदा र मौरीपालक किसानका लागि पनि सहयोग हुन्छ, नेपाली उत्पादनलाई हामीले प्रोत्साहन नदिने हो भने कसले दिने रु”नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेले मुख्य गरी मौरीपालक किसानका लागि चरनको भरपर्दो व्यवस्था र बजारीकरण मुख्य समस्या रहेको बताउँदै त्यसको उचित सम्बोधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले किसानले मौरी पालेर परागशेचनमा सहयोग गरेवापत सरकारले प्रतिघार एक हजार रोयल्टी दिन जरुरी रहेको बताउँदै एक पालिकाबाट अर्को पालिकामा मौरी लैजान भइरहेको अवरोध हटाउन माग गर्नुभयो । अध्यक्ष घिमिरेले मौरी चराउन लगिएको ठाउँमा विभिन्न समूह तथा सामुदायिक वनले चन्दा माग्ने गरेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।महाङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले सरकारसँग विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन गर्न तथा आयात हुने महको भन्सार दर बढाउन आग्रह गर्नुभयो । उहाँले काठमाडौँमा महको मार्ट नै खोजेर बजारीकरणका लागि काम गर्न लागिएको जानकारी दिनुभयो । महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतमले मौरी चराउन जाँदा कुनै ठाउँमा राखियो भने प्रतिघारमै सामुदायिक वनले ३५० सम्म लिने गरेको भन्दै यसरी शुल्क उठाउन रोक लगाउनुपर्नेमा जोड दिनुभयो ।नेपाली उत्पादन राम्ररी बिक्री नहुने तर बाहिरबाट वार्षिक चार हजार मेट्रिकटन मह आयात हुने अवस्थाको अन्त्य जरुरी रहेको बताउनुभयो । उत्पादनमा आधारित अनुदान दिँदै महको बजारीकरणमा सरकारको सहयोग जरुरी रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा व्यावसायिक किट विकास केन्द्रकी पूर्णिमाया क्षेत्री, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ लिमिटेडकी अध्यक्ष जानुका थापा, उपाध्यक्ष कृष्णहरि जमरकट्टेल, विष्णुप्रसाद भट्टराईलगायतले धारणा राख्नुभएको थियो ।यही जेठ २३ गतेसम्म चल्ने मेलामा देशभरबाट आएका मह किसानका ४० वटा स्टल छन् । यहाँ मुख्यगरी सातै प्रदेशमा उत्पादित मह तथा मौरीजन्य उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् । महका परिकार, मौरी र महसम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया, नेपालमा पाइने मौरी तथा महको प्रदर्शनीका कार्यक्रमसमेत रहेका छन् । यहाँ एक लाख अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष राखिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको प्रतिक्रिया दिनुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा तारागाउँ सांस्कृतिक केन्द्रमा प्रकृतिमा परेको प्रभावलाई विभिन्न माध्यमबाट चित्रित गर्दै ‘एट द टिपिङ प्वाइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी कर वृद्धिसँगै आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।
म्याग्दी, जेठ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु । पछिल्लो समय अन्नपूर्ण आधार शिविरमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः रासस
अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसद् नखुल्ने टिप्पणी गर्नुभएको छ ।
काठमाडौँ, जेठ २२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताउनुभयो । उहाँले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताउनुभयो । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने बताइएको छ । “युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो । तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन ।”युएई जाने नेपाली कामदारको हितमा यो निर्णय उपलब्धिमुलुक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वन तथा वातावरण मन्त्रालयका राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न जरुरी रहेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले भ्रष्टाचार नगरेको बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा रहेको जिल्ला हो ताप्लेजुङ। कञ्चनजङ्घा हिम शृङ्खलासँगै फुङफुङ्गे झरना, सिँजेमा ताल, तिम्बुङ पोखरीलगायत थुप्रै पर्यटकीयस्थल तथा विशेष संस्कार संस्कृतिका कारण ताप्लेजुङ एक पर्यटकीय भूमिका रुपमा पनि परिचित रहेको छ।