असोज २१ गते घरबाट हराएकी मोरङको लेटाङ नगरपालिकाकी बालिका अंशु गौतमको शव १३ दिनपछि शुक्रबार जङ्गलमा भेटिएको छ।
मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगर्न अनुरोध गर्नुभएको छ।
तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिनुभयो ।
नेपालीको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।
‘जेनजी’ युवाले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका दुई ठूला तेल कम्पनीमा प्रतिबन्ध लगाएपछि भारतीय तेल रिफाइनर रूसी कच्चा तेलबाट टाढा सर्न सक्ने तर यसले लागतमा प्रभाव पार्ने विश्लेषकले शुक्रबार बताएका छन् ।
जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसदमा पहिलो नीतिगत सम्बोधन गर्दै देशको रक्षा क्षमता अभिवृद्धि र सैन्य खर्च बढाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा अमेरिकी प्रतिबन्धको आलोचना गरेपछि प्रतिक्रिया दिँदै आगामी छ महिनाभित्र त्यसको प्रभाव स्पष्ट हुने बताउनुभएको छ ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्व प्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको कानूनी कार्यवाही पूरा गरी आगामी नोभेम्बर १३ मा फैसला सुनाउने भएको ढाका ट्रिब्युनले जनाएको छ ।
बिहीबारको वर्षापछि खुलेको मौसम र सुन्दर रेसुङ्गा नगरपालिका –४, अर्खले, सोही स्थानबाट देखिने उत्तरका मनमोहन हिमशृङखला । तस्बिरः टोपलाल अर्याल
आइसिसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाकाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अभ्यासमा व्यस्त छ।
दीपावलीको अवसरमा सामूहिक रूपमा निर्माण गरिएको माता लक्ष्मीको प्रतिमाको पूजापाठ सम्पन्न गरेर शुक्रबार जलप्रवाह (बिसर्जन) गरिएको छ।
ताप्लेजुङमा खोलाले बगाउँदा एक जना बेपत्ता हुनुभएको छ । फुङलिङ नगरपालिका–७ निवासी वर्ष ३० का राजन काम्बाङ बेपत्ता हुनुभएको हो ।
एक जना १३ वर्षीया बालिका ज्वरो आएर उपचार गर्न धौलागिरि प्रादेशिक अस्पताल आउँदा काउन्सिलिङपछि बलात्कार भएको पत्ता लाग्यो । जबरजस्ती करणीपछि गर्भ रहेको र गर्भपतनको कारण उहाँ बिरामी पर्नुभयो ।