कास्कीको पोखरा महानगरपालिका –५, पस्र्याङमा शुक्रबार राति विवादका क्रममा एक जनाको हत्या भएको छ । पस्र्याङ बस्ने ४४ वर्षीय अनिल पराजुलीको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पोखरा–१८, सराङकोट घर भई हाल मालेपाटन बस्ने वर्ष २४ का किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रूपमा रहेको नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२/८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाँध निर्माणको समय अवधि ६० प्रतिशत सकिँदा भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ ।
कोशी प्रदेशका बाढी पहिरो पीडित परिवारलाई पाकिस्तानले सहयोग गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान युवा परिषदले इलाममा बाढी पहिरो प्रभावित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।
चीन र संयुक्त राज्य अमेरिकाबिचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ ।
चिकित्सकको परामर्शबिना आफूखुसी एन्टिबायोटिकको प्रयोग गर्ने बानीले देशभर ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीलाई जन्माइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्दै गएको छ ।
महोत्तरीको गौशालामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो ।
कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारगारबाट भागेका स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय विश्वास नेपालीलाइ प्रहरीले पक्राउ गरेको हो ।
छठ पर्व सुरु भएसँगै सुनसरीको इनरुवासहित जिल्लाका स्थानीय बजारमा केराको कारोबार बढेको छ । छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्दर र कर्मचारी प्रवेशमा गरिएको निषेधबारे चासो व्यक्त गर्नुभएको छ ।
दसैँतिहार बिदाको अवसर पारेर म्याग्दी र मुस्ताङ भ्रमणमा आएका आन्तरिक पर्यटकका कारण म्याग्दीका होटलहरु भरिभराउ भएका छन् ।
गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालिगण्डकी करिडोर सडकखण्डमा प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
लुम्बिनी स्पोर्टस अवार्डको प्रचार–प्रसार संयोजकमा खेल पत्रकार गजे थापा (जी थापा)मनोनित हुनुभएको छ । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्दै उहाँहरुको हौसला बढाउन आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्ड आगामी मङ्सिर १८ गते हुँदैछ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।