• ८ कात्तिक २०८२, शनिबार

कास्की कारगारबाट भागेका कैदी स्याङ्जामा पक्राउ

blog

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा),कात्तिक ८ गते ।
कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारगारबाट भागेका स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय विश्वास नेपालीलाइ प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दाका कैदी नेपालीलाई भीरकोट नगरपालिका–१ दार्सिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम, स्याङ्जाबट खटिएको विशेष अप्रेसन टोलीले शुक्रबार नेपालीलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला कारागार स्याङ्जामा पठाइएको प्रहरीले जनाएको छ ।