लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र दस अर्ब रुपियाँ पुर्याउन सकिने सम्भावना औँल्याउँदै राजस्व सुधार कार्यदलले तयार पारेको विस्तृत प्रतिवेदन प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
भ्रष्टाचार मुद्दामा बिगो कायम गर्दा प्रतिवादीसँग सम्बन्धित बैङ्क खातामा जति रकम छ, त्यतिलाई मात्र उल्लेख गर्नु पर्छ भन्ने सर्वोच्च अदालतको नजिरले संशय उत्पन्न गरिरहेको थियो । २०७१ सालदेखि लागु भएको यो नजिर सर्वोच्च अदालतले हालै अमान्य घोषणा गरिदिएको छ । साँच्चै नै भ्रष्टाचारीलाई फाइदा हुने गरी आएको त्यो नजिर झन्डै ११ वर्षसम्म कायम रह्यो । त्यो नजिर अमान्य भएपछि अब आरोपीसँग सम्बन्धित बैङ्क खातामा तत्काल रहेको रकम मात्र गणना हुने होइन कि
सार्वजनिक प्रशासन भन्नाले सार्वजनिक हितका लागि सञ्चालन गरिने प्रशासनिक व्यवस्थालाई जनाउँछ ।
कालीकोटको शुभकालिका गाउँपालिका–४ मा रहेको चंखेलीमा ६ करोड २५ लाखको सोलार जडान गरिएको छ ।
कुमार कट्टेल (जिग्री) निर्देशित चलचित्र चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ निवासी दीपा शाहीले टिकटकबाट म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गर्नुभएको छ । छोटो समयमा एक सय बढी म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाउन सफल दीपाले दिवाकर भट्टराई निर्देशित चलचित्र ‘नरसिंहा : अवतार’ मा पहिलो पटक अभिनय गर्नुभएको छ ।
तामाङ संस्कार, संस्कृति पुस्तान्तरण गर्ने लक्ष्यसहित काठमाडौँमा बिहीबारदेखि पाँचदिने तम्बासम्बन्धी प्रशिक्षण तथा सम्मेलन सुरु भएको छ ।
यस वर्ष आएको हावाहुरीले चितवनको केरा बालीमा ठुलो क्षति पुगेको छ । हावाहुरीले केरा खेतीमा चार करोड रुपियाँभन्दा धेरैको क्षति भएको प्रारम्भिक विवरण रहेको चितवन केरा उत्पादन सङ्घका अध्यक्ष घननाथ महतोले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता ‘टेक एन्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधान अनुसार गर्ने घोषणाविरुद्ध ऊर्जा उत्पादकले चरणबद्ध आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् ।
सङ्घीय संसद्को दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको छ ।
सल्यानमा कालो बेसारको खेती सुरु भएको छ । औषधीय गुण हुने भएकाले पछिल्लो समय यहाँका केही किसानले कालो बेसारको खेती सुरु गरेका हुन् ।
चङ्खेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र शुभकालिका गाउँपालिकाको संयुक्त लगानीमा एक सय किलोवाटको सोलार मिनी ग्रिड परियोजना निर्माण भएको छ ।
हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ ।
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा डेढ अर्बको लागतमा गार्मेन्ट उद्योगको निर्माण सुरु भएको छ । व्यावसायिक घराना भाटभटेनी सुपरमार्केटको लगानीमा उद्योग निर्माण थालिएको हो । उद्योगमा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ तथा उमेश श्रेष्ठसहितको समूहले लगानी गरेको छ ।