सरकारले चालु आवको हालसम्म तीन वटा प्रसारण लाइन निर्माणका लागि अनुमति प्रदान गरेको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शनिबार दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –७ झारमारेनजिक बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृतक सातमध्ये ६ जनाको पहिचान खुलेको छ ।
माण्डवी गाउँपालिका –५, रम्दी ठकुरीटोलमा आज दिउँसो करिब साढे ४ बजे इभी गाडी दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालकको मृत्यु भएको छ । तीनजना यात्रु घाइते भएका छन् ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारेमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा वरिष्ठ कृषि अधिकृत ४५ वर्षीय माधवप्रसाद लम्सालको मृत्यु भएको छ ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि अहिले महोत्तरीको हाट बजारमा व्यापक चहलपहल देखिएको छ।
पाल्पाको रामपुर नगरपालिका –७, मा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रमा शुक्रबार घुम्न आएका विदेशी तथा आन्तरिक पर्यटक ।
मधेस प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ ।
असोज २१ गते घरबाट हराएकी मोरङको लेटाङ नगरपालिकाकी बालिका अंशु गौतमको शव १३ दिनपछि शुक्रबार जङ्गलमा भेटिएको छ।
मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाभित्रका विद्यालयमा परीक्षा सञ्चालन भएको छ ।
क्रिकेटर सन्दीप लामिछानेले कसैप्रति घृणा वा नकारात्मकता फैलाउने काम नगर्न अनुरोध गर्नुभएको छ।
तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि नेपालभर प्रदर्शित चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकले रुचाएका छन् । प्रदर्शनको पहिलो दिन सबैजसो हल भरिएको र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको अभिनेता विजय बरालले जानकारी दिनुभयो ।
नेपालीको महान् पर्व तिहार सुरु भएसँगै जिल्लामा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो ।