दसैँ र तिहारका लागि गाउँ आएकाहरु गन्तव्यमा फर्किन थालेका छन् । अध्ययनका लागि स्वदेशका विभिन्न सहरबाट गाउँ आएकाहरु एक महिनाको बिदा सकिएपछि फर्किन थालेका हुन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका कृषकहरुले तिहारमा फूल बेचेर मात्रै १६ लाखभन्दा बढि कमाएका छन् । तिहार सकिँदा राम्रो आम्दानी गर्न सफल भए पछि कालीगण्डकीका कृषकहरु हर्षित भएका हुन् ।
गुल्मीमा आगलागीका कारण घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्ल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार मदाने गाउँपालिका– ७ टिमुरखर्कका देवबहादुर वलीको दुई तले ढुङ्गाले छाएको कच्ची घर जलेर नष्ट भएको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन भाइटिका लगाएपछि बिदा मनाउन स्वदेशी पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् ।
नवलपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बाइकमा सवार तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ ।
उद्घाटन भएको पाँच महिनासम्म पनि बसपार्क सञ्चालन आउन सकेको छैन । बसपार्क सञ्चालनमा आउन नसकेपछि राजविराज बजारको मुख्य सडकमा सवारी साधनहरूको पार्किङ भइरहँदा सर्वसाधारणले सास्ती भोग्दै आउनु परेको छ ।
विगतमा मधेशी समुदायमा मात्र सीमित छठ अहिले देशभर फैलिएको छ । चार दिनसम्म मनाइने छठ पर्व आज (शनिबार)बाट विधिवत रूपमा सुरु भएको छ ।
धारिलो हतियार प्रहार हुँदा तनहुँमा एक युवक सख्त घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीय दीपेश न्यौपाने शुक्रबार साँझ घाइते भएका हुन् ।
खैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाउनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका ७ झारमारे नजिकै बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर–६, हरेवास्थित अर्जेवा झरना पर्यटकको आकर्षण बनेको छ । यहाँ आउने आन्तरिक एवम् बाह्य पर्यटकहरु बढ्दै जान थालेका छन् ।
मिथिलामा आज (शनिबार) देखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठुलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ ।
तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिवालय गौसंरक्षण केन्द्र अहिले पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट उदाहरण बनेको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ ।