• ८ कात्तिक २०८२, शनिबार

मोटरसाइकल दुर्घटनामा तीन घाइते, एकको अवस्था गम्भीर

blog

बोमलाल गिरी
नवलपुर, कात्तिक ८ गते ।
नवलपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बाइकमा सवार तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको नवलपुर प्रहरीले जनाएको छ ।

मध्यविन्दु नगरपालिका–१२ ज्वाईथरस्थित भित्री सडक खण्डमा अरुणखोलाबाट भु.पु. तर्फ जाँदै गरेको ग.प्र.०४–००२ प १२५० नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा मध्यविन्दु–१२ का मोटरसाइकल चालक १८ वर्षीय आर्यन सेन ठकुरी, पछाडी बस्ने सोही ठाउँका शिव आले र २१ वर्षीय रोशन गुरुङ घाइते हुनु भएको छ ।

घाइतेमध्ये मोटरसाइकल चालक ठकुरीको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । ठकुरीको मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा उपचार हुन नसकेपछि थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएको नेपालले जानकारी दिनुभयो । अन्य घाइतेको भने डण्डामै उपचार भइरहेको छ ।