अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार आफ्नो एसिया भ्रमणका लागि वासिङ्टनबाट प्रस्थान गर्नु भएको छ । यस भ्रमणको प्रमुख उद्देश्य चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय व्यापार वार्ता गर्नु रहेको छ ।
जिल्लाको काठेखोला गाउँपालिका–७, रेश र बागलुङ नगरपालिका–५, मालिकाका महिलालाई बाख्रा उपहार दिइएको छ । काठेखोला, बागलुङ नगरपालिका र हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बिवाइसीले रेश र नेपाल गाजा फाउण्डेसनले मालिकाका किसानलाई बाख्रा उपहार दिएको हो ।
थाइल्यान्डकी पूर्व महारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन भएको छ । थाइल्यान्डको सरकारी जनसम्पर्क विभाग (पिआरडी) ले शनिबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
भाइटीकाको भोलिपल्ट, प्यूठान नगरपालिका ७ पुण्यखोलामा आयोजित ऐतिहासिक डल्ले सराय नाच सकिएको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ ।
फोर्स गाडी दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका वडा ५ डाँडाचौपारीमा छत्रदेव गाउँपालिकाको छत्रगंजबाट सन्धिखर्कतर्फ जाँदैगरेको लु १ ज ४३५२ नम्बरको फोर्स गाडी ब्रेक फेल भइ दुर्घटना भएको हो ।
कास्कीको पोखरा महानगरपालिका –५, पस्र्याङमा शुक्रबार राति विवादका क्रममा एक जनाको हत्या भएको छ । पस्र्याङ बस्ने ४४ वर्षीय अनिल पराजुलीको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पोखरा–१८, सराङकोट घर भई हाल मालेपाटन बस्ने वर्ष २४ का किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
पश्चिम नेपालको सबैभन्दा ठुलो नाकाको रूपमा रहेको नेपालगन्ज नाकाबाट चालू आर्थिक वर्ष २०८२/८३ को सुरुको तीन महिनामा चार अर्ब ४७ करोडभन्दा बढि राजस्व सङ्कलन भएको छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुनकोसी नदीमा बाँध निर्माणको समय अवधि ६० प्रतिशत सकिँदा भौतिक प्रगती करिब ११ प्रतिशत मात्रै भएको छ ।
कोशी प्रदेशका बाढी पहिरो पीडित परिवारलाई पाकिस्तानले सहयोग गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान युवा परिषदले इलाममा बाढी पहिरो प्रभावित परिवारलाई राहत सहयोग प्रदान गरेको छ ।
चीन र संयुक्त राज्य अमेरिकाबिचको पछिल्लो व्यापार वार्ता शनिबार मलेसियाको राजधानी क्वालालम्पुरमा सुरु भएको छ ।
चिकित्सकको परामर्शबिना आफूखुसी एन्टिबायोटिकको प्रयोग गर्ने बानीले देशभर ‘एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीलाई जन्माइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्दै गएको छ ।
महोत्तरीको गौशालामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाको अनुसार गौशाला नगरपालिका–५, माछा बजार क्षेत्रमा एक पुरुषको शव फेला परेको हो ।
कास्की कारागारबाट भागेका कैदी स्याङ्जामा पक्राउ परेका छन् । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारगारबाट भागेका स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २५ वर्षीय विश्वास नेपालीलाइ प्रहरीले पक्राउ गरेको हो ।