मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) शनिबार देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७१ पैसा र बिक्रीदर १३७ रुपियाँ ३१ पैसा कायम भएको छ ।
नेपालका सिनेमा हलमा शुक्रबारबाट नेपाली चलचित्र ‘जन्तेबाख्रो’ र भारतीय चलचित्र ‘हाउसफुल–५’ प्रदर्शनमा आएका छन् ।
मोरङको लेटाङ–६ का ३५ वर्षीय विष्णु मगरलाई यतिबेला बाँसका सामग्री निर्माण (ह्यान्डीक्राफ्ट) बनाउन र तालिममा सहजीकरण गर्न भ्याइनभ्याइ छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताउनुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवम् सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गर्नुभएको छ ।
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा बृहत् वृक्षरोपण कार्यक्रम गरेको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा विश्वनाथ पौडेलले आर्थिक सुधारका लागि नीतिगत स्थिरता र परिमार्जन आफ्नो प्राथमिकताको विषय भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद–उल–अज्हा (बकर ईद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि, पशुसेवा, मत्स्य र वन पैदावारबाट किसानको आम्दानी बढाउन सबै सरोकार पक्षले तत्परता देखाउनुपर्ने औँल्याउनुभएको छ ।
नेपाली सेनाले सहायक रथी राजाराम बस्नेतलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुराना ऐन परिमार्जन गरेर नयाँ स्वास्थ्य ऐन ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाउनुभएको हो ।
राष्ट्रिय सभामा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सम्पन्न भएको छ ।
झापा, जेठ २३ गते । यहाँस्थित मेचीनगर नगरपालिका ६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका ५ घर भई हाल झापाको कन्काई नगरपालिका(८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् । काँकडभिट्टामा शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका भारतीलाई प्रहरीले जाँच गर्दा एक हजार दरका रु एक लाख बराबरका नक्कली नोट फेला परेका उहाँले जानकारी दिनुभयो ।भारतीलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थपेर प्रारम्भिक अनुसन्धान थालिएको बताउँदै अनुसन्धानका क्रममा निजले उक्त नक्कली नोट आफैँले छपाई चलनमा ल्याएको खुलेको प्रनाउ खड्काले जानकारी दिनुभयो । प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला पारेको उहाँको भनाइ छ । प्रहरीका अनुसार विभिन्न दरका रु पाँच लाख ३० हजार ६८० बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री बरामद गरिएको छ । पक्राउ परेका भारतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।