काठमाडौँ महानगरपालिका–१ मा अवस्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्यटकीय स्थल कमल पोखरी।
गृह मन्त्रालयले कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोज्न सबैमा अनुरोध गरेको छ।
साहित्य सङ्गम मकवानपुरको ३६० औँ नियमित साहित्य सन्ध्याको अवसरमा दुई जना स्रष्टा सम्मानित हुनुभएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । निर्माणाधीन भवनको आज अवलोकनपश्चात् उहाँले हरेक दिनको कार्यतालिका बनाएर निर्माणमा जुट्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको हो ।
मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर आज एक जनाको मृत्यु भएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले शनिबार संयुक्त राष्ट्रसङ्घ (युएन) र अन्य बहुपक्षीय संस्थाले आफ्नो उद्देश्य गुमाएर ‘काम गर्न छोडेका छन्’ भन्ने कठोर टिप्पणी गर्दै गाजाका युद्धपीडितको संरक्षणमा असफल भएको आरोप लगाउनुभएको छ ।
गत असोजमा ३० हजार ५४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिकाको विभिन्न क्षेत्रबाट सवारी नियम उल्लङ्घन गरी चलाइएका ३१ वटा दुई पाङ्ग्रे सवारी साधन मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत( यही कात्तिक १९ गते सुरु हुने भएको छ ।
मोरङ कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु भएको छ । लागु औषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुन्दरहरैँचा नगरपालिका –७ का ३२ वर्षे जितप्रसाद सापकोटाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक बालक गम्भिर घाइते भएका छन् ।
अफगानिस्तान र पाकिस्तानका वरिष्ठ वार्ताकार शनिबार इस्तानबुलमा पछिल्ला रक्तपातपूर्ण झडपपछि दुवै देशबिचको सीमामा स्थायी युद्धविराम कायम गर्ने उद्देश्यका साथ सुरक्षा सम्बन्धी मुद्दामा छलफल गर्दै छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियालाई ‘एक प्रकारको आणविक शक्ति’ भएको बताउनुभएको छ ।
मुलुकको वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका-८, चित्रे बजारमा बसोवास गर्दै आउनुभएको विमला लिम्बूको घर बाहेक सबै जग्गा जमिनदेखि कागजात तेह्रथुम जिल्लाको छ ।