सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ ।
निरन्तरको ट्राफिक सचेतना कार्यक्रमको महोत्तरीमा सकारात्मक प्रभाव देखिएको छ । सडक दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध सञ्चालन गरिएका सचेतना कार्यक्रमको सकारात्मक प्रभाव बढेको हो ।
सडक डिभिजन कार्यालय लहानले सप्तरीको कल्याणपुर बजार हँुदै उदयपुरको मोतीगढा गाईघाटसम्मको नयाँ सडकको ट्रयाक तीव्र गतिमा खोल्न थालेको छ । करिब १७ किलोमिटर लामो सडक पूर्व–पश्चिम राजमार्गदेखि चुरे पहाड हुँदै गाईघाट पुग्ने छ ।
झोलामा किताब, कापी, हातमा पानीको बोत्तल । झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफँै कखरा सिक्दै हुनुहुन्छ ।
मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । पहिलो चरणमा उक्त सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिकादेखि छत्रकोट हुँदै गुल्मीदरबारसम्म सडक कालोपत्र गर्न सुरु गरिएको हो ।
स्तरवृद्धिको काम छिटो सक्न भन्दै राप्ती लोकमार्ग आठ दिनका लागि बन्द गरिने भएको छ । लोकमार्गअन्तर्गत राम्री–कपुरकोट सडकको स्तरोन्नति कार्य सञ्चालन हुने भएकाले आइतबारदेखि आगामी असार १ गतेसम्म सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।
म्यानमारको सत्तारूढ सैनिक सरकार (जुन्टा) ले राष्ट्रसङ्घ अन्तर्गतको श्रम संस्था (अन्तर्राष्ट्रिय श्रम सङ्ठन) ले पारित गरेको श्रम अधिकारसम्बन्धी प्रस्तावलाई शनिबार खारेज गरेको छ । उसले उक्त प्रस्तावलाई ‘राजनीतिक उद्देश्यले प्रेरित’ भएको आरोप लगाएको छ ।
झिमरुक गाउँपालिकाले पालिकाभित्र रहेका खानेपानी आयोजनाको खानेपानी गुणस्तर नमुना परीक्षण गरेको छ । पालिका भित्रका ७३ वटा आयोजनाको खानेपानीको गुणस्तर नमुना परीक्षण गरिएको हो ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकाको प्रमुख रोजगारी प्रतिवेदन सकारात्मक देखिएपछि शुक्रबार अमेरिकी शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।
गोरखाको डनडुरे खोलामा सम्पन्न हुन लागेको पुल बाढीले बगाउदा ७० लाखको क्षति भएको छ । गत हप्ता अबिरल वर्षापछि आएको बाढीले स्टक्चर सम्पन्न भएको र सुपर स्टक्चर काम गर्ने क्रममा निर्माणका लागि तयार गरिएको फल्यास ओर्क, फम ओर्कस, रेनसफोर्समेन्ट र कङक्रिटमा क्षति पुर्याउँदा ७० लाखको क्षति भएको हो ।
सुनसरीका इस्लाम धर्मावलम्बी मुस्लिम समुदायले बकर इद शनिबार हर्षाेल्लासका साथ मनाएका छन् ।
इन्द्रविर पौवा । ठ्याक्कै बनेको मिति रेकर्डमा छैन । तर धागिथुमका इन्द्रवीर थापाले बनाउनुभएको थियो । उहाँका सन्तान अझै छन् । इन्द्रवीरका नाति ८१ वर्षीय तिलबहादुर थापाका अनुसार पौवा र पोखरीसँगै थिए । इन्द्रविर थापाले बनाएको भएर सबैले इन्द्रपौवा भने ।
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले ईद–उल–अजह बकर इदको अवसरमा स्वदेश तथा विदेमा रहेका इस्लामधर्मी दाजुभाइ तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले घनाजनघनत्व भएका सहरी क्षेत्रका साथै अन्य सहरी इलाकाको वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।