यही जेठ ३० गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ । आयोजक राष्ट्रिय दलित गोलमेच सम्मेलनले यहाँ आज पत्रकार सम्मेलन गरी पछिल्लो समयमा दलित समुदायमाथि उत्पीडन बढ्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ ।
आम जनता पार्टीका अध्यक्ष, पूर्व मन्त्री एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले गणतन्त्रमा पनि जनता मालिक हुन नसकेको बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनको उद्घाटन गर्नुभएको छ ।
नेपालगन्ज-दिल्ली उडान सुरु गराउन सरकारलाई दबाब दिनका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको नेतृत्वमा १६ सदस्यीय दवाव समूह गठन गरिएको छ ।
सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि शनिबार बर्दीबासमा साइकल र्याली निकालिएको छ ।
लमजुङको क्होलासोँथर गाउँपालिका ५ सिङ्दीमा सञ्चालित सिङ्दी सामुदायिक होमस्टे पदयात्रा पर्यटनसँग जोडिने भएको छ ।
गोरखाको गण्डकी गाउँपालिका–२ स्थित याङदीमा ३० रोपनी क्षेत्रफल जग्गामा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरिएको छ ।
पुतलीबजार नगरपालिका–१ मा छ जना साहित्यिक स्रष्टा सम्मान गरिएको छ । स्याङ्जा साहित्य प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान, रचना वाचन एवम् रजस्थल साहित्यिक पत्रिकाको शताङक विमोचन कार्यक्रममा सम्मान गरिएको हो ।
तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई बाख्रा वितरण गरेको छ । एकल महिलाको आयआर्जनमा थप टेवा पुर्याउने उद्धेश्यले वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ र पुरुषमा केन्याका धावक जुलियस म्युरुकीले जित्नुभएको छ ।
गुल्मीमा विपद्का घटनाबाट दुई करोडभन्दा बढीको क्षति भएको पाइएको छ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभएको छ । सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष छन् ।
बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीका कृषकलाई गोलासहित मौरीको घार वितरण गरिएको छ ।
दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका जिल्लाको गौरीशङ्कर गाउँपालिका ४ डेपुङ भन्ने स्थानमा बोलेरो दुर्घटना भएको थियो ।
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवाको डिजिटलाइजेसन आवश्यक रहेको बताउनुभएको छ ।