इटहरी उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा दरबन्दी अनुसारको कर्मचारीलाई जिम्मेवारी दिन स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले माग गरेका छन् । उपमहानगरपालिकामा सहसचिव तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्ने मापदण्ड भए पनि सोभन्दा कनिष्ठ तहका कनिष्ठ कर्मचारीलाई लामो समयदेखि इटहरी उपमहानगरपालिकामा जिम्मेवारी दिइएको भन्दै यहाँ मापदण्ड अनुसारको कर्मचारी पठाउन माग गरिएको हो ।
मधेशमा अति विपन्न र अल्पसङ्ख्यक जातिको सूचीमा पर्छन् । गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन ।
विशेष गरी थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाले सुर्खेतमा तीनपुस्ते थारू समुदायका व्यक्ति थलिएका छन् । सिकलसेल एनिमिया रोगबाट बुवा पुस्ता, छोरा पुस्ता र नाति पुस्ता थलिएपछि थारू समुदाय यतिबेला आर्थिक, शारीरिक र सामाजिक चिन्तामा परेका छन् ।
कालीकोट जिल्लामा दसैँ र तिहार मनाउन आएका नागरिक तिहारको भोलिपल्टै कर्मथलो फर्किन थालेका छन् । मुलुकका विभिन्न सहरमा पढ्दै गरेका विद्यार्थी र मजदुरीका लागि घर छोडेका कालीकोटका विभिन्न स्थानीय तहका नागरिक तिहार सकिएसँगै कर्मथलो फर्किन थालेका हुन् ।
दुई हप्ताअगाडि इजरायलले हमासको बन्धकमा रहनुभएका कञ्चनपुरका विपिन जोशीसहित रिहाइ हुनेहरूको फोटो सार्वजनिक गर्दा सिङ्गो मुलुक आशावादी बनेको थियो । दुई वर्षदेखि विपिनको व्यग्र प्रतीक्षा गरिरहेको परिवार उहाँ रिहा हुने खबरले अझ आशावादी नहुने त कुरै भएन । तिहार पनि नजिकिँदै गएकाले त्यसबेला परिवारले यसपालिको तिहार विपिनसँगै मनाउने सपना बुनेको थियो । त्यतिबेला विपिनका दाइ किशोर जोशी (ठुलबुबाको छोरा) ले भन्नुभएको थियो, “यसपालिको तिहार भाइसँगै मनाउने चाहना छ । मेरो भाइ सकुशल फर्कोस् ।” तर असोज २७ गते इजरायलले विपिन जीवित नरहेको पुष्टि गरेपछि परिवारमा एकाएक अँध्यारो छायो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा चल्ने सवारीसाधन फेरीकै भरमा पर्ने गरेका छन् । स्वामीकार्तिक खापर र जगनाथ गाउँपालिकाको बिचमा पर्ने कर्णाली नदीमा अझै पक्की पुल नहुँदा यहाँ चल्ने सवारीसाधन फेरीकै भरमा पर्ने गरेका हुन् । विगत केही वर्ष पहिला यहाँका स्थानीय सरकारले कर्णाली नदीमा फेरी सञ्चालनमा ल्याएको थियो । त्यो फेरी हिउँदको महिना राम्रोसँग सञ्चालन हुने गरेको भए पनि बर्खाको समय भने बन्द हुने गर्छ ।
पाँच दशकअघि निर्माण भएको पृथ्वी राजमार्गमा अहिले स्तरोन्नतिको काम भइरहेको छ । पोखरालाई राजधानी काठमाडौँ र पूर्वी नेपालसँग जोड्ने यो राजमार्ग निर्माणमा भएको ढिलाइले सर्वसाधारणसहित पर्यटक र यो क्षेत्रको अर्थतन्त्रमै असर पु¥याइरहेको छ । दुई पटक थप भएको म्याद सकिन डेढ महिना बाँकी हुँदा पनि सो सडकको पश्चिम खण्डको भौतिक प्रगति ६२ प्रतिशत मात्र छ ।
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माणको निर्धारित समय ६० प्रतिशत सकिँदा भौतिक प्रगति भने करिब ११ प्रतिशत मात्र भएको छ ।
चितवन जिल्ला अदालतले कात्तिक ११ गतेपछि मात्र नयाँ मुद्दा तथा निवेदन दर्ता र सुनुवाइ थाल्ने भएको छ । जेनजी समूहको आन्दोलनका क्रममा अदालतमा तोडफोड र आगजनी भएपछि नियमित सेवा अवरुद्ध भएको थियो । आगजनी भएपछि सरसफाइ गरेर सामान्य सेवा सञ्चालन गरेपछि नयाँ मुद्दा दर्ता भने गरेको थिएन । मिसिल सुरक्षित रहेका चालु अवस्थाका मुद्दामा पनि नियमित कामकारबाही सुचारु हुने भएको हो ।
टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उहाँलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो ।
जिल्लाका लेकाली भेगका किसान पछिल्ला वर्षहरूमा व्यावसायिक सतुवा ९जडीबुटी० खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी र औषधीय उपयोगका कारण यो खेती किसानको प्रमुख रोजाइ बन्दै गएको हो ।
तिबेला तराई–मधेश क्षेत्र आस्था र निष्ठाको महापर्व छठ पर्व र उत्साहले उत्सवमय बनेको छ ।
तिला गाउँपालिका– ९ माथिल्लो खोप्री गाउँमा रहेको नदैगुफा पर्यटकीय तथा धार्मिक दृष्टिले महत्त्वपूर्ण स्थान हो । पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण उक्त गुफा अहिले पर्यटकको पर्खाइमा छ ।
राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरबाट दाङको राजपुर गाउँपालिका जोड्ने सडकखण्ड निर्माण नहुँदा हुलाकी सडक अधुरो अवस्थामा छ ।
इटहरी उपमहानगरपालिका–६ का सुरज पण्डित माटोका भाँडाकुँडा बनाएर आत्मनिर्भर बन्नुभएको छ । उहाँले माटोका भाँडाकुँडा बिक्री गरेरै मनग्य आम्दानी गर्दै आउनुभएको छ ।