चलचित्र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आएको छ । दयाहाङ राई र विजय बराल प्रमुख भूमिका रहेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नुभएको छ । वृषभ सिद्धी इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको चलचित्रमा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पिके) लगायतका कलाकारको अभिनय रहेको छ ।
साहित्यकारद्वय ध्रुव मधिकर्मी र लक्ष्मणप्रसाद गौतमलाई यस वर्षको ग्वंगः सिरपाः सम्मान प्रदान गरिएको छ । साहित्यिक सम्मान सङ्गमको आयोजनामा भक्तपुरमा भएको सो कार्यक्रममा दाता एवं वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंगःले जनही पचास हजार पाँच रुपियाँ तथा प्रमुख अतिथि प्राध्यापक केदारभक्त माथेमाले सम्मानपत्र प्रदान गर्नुभयो ।
अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका व्यवसायीहरुले अनुकूल वातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् ।
सूर्यको आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाइने छठपर्व शनिबार विधिवत् रूपमा सुरु भएको छ । मधेशमा अहिले चार दिनसम्म मनाइने छठपर्वको रौनक छ ।
तिहारपछि घुमघाममा निस्किएका स्वदेशी पर्यटकका कारण यतिबेला मुस्ताङका होटेल खचाखच भरिएका छन् । भाइटीकाको भोलिपल्ट घुम्न निस्किएकाको पहिलो रोजाइमा मुस्ताङ परेपछि पोखरा–बेनी–जोमसोम हुँदै कोरला सडकखण्डका साना तथा ठुला होटेलमा थामिनसक्नु भिड छ ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका कुल २५ उद्योगको विद्युत्को लाइन काटेको छ । प्राधिकरणले पूर्वसूचना गरेरै २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्य दिनको समय दिएको थियो । सो अवधिमा सम्पर्कमा नआएका उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । गत मङ्गलबार प्राधिकरणले मुख्य ठुला छ उद्योगको लाइन काटेको थियो भने शुक्रबार राति थप १८ उद्योगको बिजुली आपूर्ति काटेको हो ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ ।
मोरङको बुढीगङ्गामा रहेको आरती स्ट्रिप्सले तीन वर्षअघि बन्द गरेको फलामे डन्डी (टिएमटी) को पुनः उत्पादन थाल्ने भएको छ । भारतीय लगानीमा सञ्चालित आरतीले सन् २०२६ को सुरुबाटै टिएमटी डन्डी बजारमा ल्याउने गरी काम अगाडि बढाएको जनाएको छ । उद्योगले अबको १८ महिनाभित्रै आफ्नै अत्याधुनिक मेल्टिङ युनिट पनि सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ ।
यस वर्ष तिहार चाँडै परेपछि बर्दियाका कृषकका लागि चाडपर्वभन्दा खेतबारीको काम प्राथमिक बन्यो । दसैँ सकिएलगत्तै धान काट्न व्यस्त रहेका किसान तोरी र गहुँ छर्ने तयारीमै लागे तर रासायनिक मलको अभावले उनीहरूको तिहार खेतमै बित्यो ।
मन्त्रालयको कार्यभार सम्हालेको महिना दिनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा सुधारका लागि विभिन्न नीतिगत निर्णय गर्नुभएको छ । पुन गत असोज ५ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समय सङ्घीय संसद् भवनको निर्माण सम्पन्न नगरिए ठेक्का सम्झौताबमोजिम कारबाही हुने चेतावनी दिनुभएको छ ।
दुर्गममा फोरजी सेवा विस्तार
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा यस वर्षकै धेरै दर्शनार्थीले पूजा आराधना गरेका छन् । कात्तिक महिनाको दोस्रो शनिबार एकै दिन ६ हजार ३९३ जना दर्शनार्थीले पूजा गरेका हुन् ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाका अन्तर्गत आइतबार नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।