सरकारले भोली (शनिबार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –९ र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुली भेरी नदिमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
बाढी पहिरोबाट सर्वसाधारणलाई उद्दार गर्ने अभ्यास गर्दै गरेका बेला सप्तकोसी नदीमा डुबेर बिहीबार बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जवान मध्ये एकको शुक्रवार शव फेला परेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयबासीले आग्रह गरेका छन् ।
नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरुलाई समयमै योजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
दैलेखमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले धरान उपमहानगरमा रहेको रेडियो नेपालको भवन र जग्गाको अनुगमन गर्नुभएको छ ।
लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।
तातो हावा लु चलेर अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरभित्रका सबै विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुका राष्ट्रिय सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिनसम्म चल्ने राष्ट्रिय सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे दुःख व्यक्त गर्नुभएको छ ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको प्रतिकुल असरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने ‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ले महत्वपूर्ण भूमिका खेल्ने सांसदहरुले विश्वास व्यक्त गरेका छन् ।
बाजुराको बडीमालिका नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । शुक्रबार नगर कार्यपालिकाको आयोजनामा आयोजित विशेष समारोहमार्फत उक्त घोषणा गरिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल परिसरमा बर्षौदेखि जमेको हिउँको ग्लेसियर अवलोकन गर्दै पर्यटक ।