सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), कात्तिक ८ गते । धनकुटामा उत्पादिन धनकुटे नरिवल बिस्कुटले बजार लिएको छ । धनकुटाको बसपार्कमा कोशेलीका रूपमा बिक्रीका लागि राखिएको धनकुटे नरिवल बिस्कुट र एभोकाडो सबैको रोजाइमा पर्ने गरेको छ ।
धनकुटामा उत्पादन हुने नरिवल बिस्कुट कोसेलीको रूपमा धनकुटाको पहिचान हुन थालेको छ । जिल्ला बाहिर अन्य ठाउँँबाट आउने तथा धनकुटा आएर फर्किने जोकोही पाहुनाले पनि कोसेलीको रूपमा धनकुटाको नरिवल बिस्कुट, एभोकाडो, किबी साथै अन्य फलफूल लैजाने गरेका छन् ।
नरिवल बिस्कुट विभिन्न प्रकारका प्रतिझोला ५० रुपियाँदेखि ८० रुपियाँसम्म पर्दछ । जोकोही पनि धनकुटा आएर फर्कने बेला यहाँको नरिवल बिस्कुट र सिजनअनुसार एभोकाडो लैजाने गरेका छन् ।
यस्तै, बसपार्कमा राखिएको एभोकाडो सिजन भएकाले यहाँ आउने जोकोहीले लैजाने गरेका छन् । प्रतिकेजी एक सय पचासदेखि दुई सयसम्म बिक्री हुने गरेको छ । स्थानीय व्यापारीले गाउँदेखि ल्याएर एभोकाडो बिक्री गर्ने गरेका छन् । बिक्रीका लागि सजाएर धनकुटाको बसपार्कमा बिस्कुट, एभोकाडो, किबि साथै अन्य फलफूल राखिने गरेका छन् ।