• ८ कात्तिक २०८२, शनिबार

हात्तीको आक्रमणबाट बालक घाइते

blog

फाइल तस्बिर ।

बिष्णुप्रसाद पोखरेल

दमक, कात्तिक ८ गते । झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक बालक गम्भिर घाइते भएका छन् । शनिबार मेचीनगर-२, सरस्वती चोक बस्ने कुमार बास्तोलाका छोरा वर्ष १२ का आराप बास्तोला जङ्गली हात्तीको आक्रमणमा परेर गम्भिर घाइते बनेको बाहुनडाँगीका हात्ती संरक्षणकर्मी शङ्कर लुइटेलले बताउनुभयो ।

घरनजिकै सडकमा खेल्दै गरेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालकको घाँटी तथा शरीरमा चोट लागेको हो । घाइते बालकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । गाँउमा आएको हात्तीलाई प्रहरी र स्थानीयले जङ्गलतर्फ धपाएको जनाइएको छ ।