विशेषगरी हिमाली र पहाडी भेगमा उत्पादन हुने फापर प्रमुख खाद्यान्न बालीमध्ये एक हो । फापर तीते र मिठे गरी दुई प्रजातिको रहेको हुन्छ ।
नवलपुरको देवचुलीमा पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको शिशवार उपभोक्ता समितिको कार्य क्षेत्रमा पर्ने देवचुली–१७ को आँपको बगैँचामा अन्दाजी ३०/३२ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभयो ।
विगत लामो समयदेखि जिल्लाभर खेलकुद गराउने मुख्य काम गर्दै आएको जिल्ला खेलकुद विकास समिति अहिले कार्यसमिति विहीन बनोको छ । यद्यपि, कार्यालय प्रमुखविहीन भएको करिब दुई वर्ष भयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ ।
प्रथम र दोस्रो विश्वयुद्धबाट तहसनहस भएको विश्वलाई पुनः गति दिन, युद्ध अन्त्य गर्दै शान्ति स्थापना गर्न विश्व संस्थाका रूपमा संयुक्त राष्ट्रसङ्घको जन्म भएको हो । प्रथम विश्वयुद्धमा दुई करोडभन्दा बढी मारिएका थिए । दोस्रो विश्वयुद्ध अझ बढी विनाशकारी बन्यो । यो युद्धमा पाँच करोडभन्दा बढी मानिस मारिए भने युरोपको नक्सा नै परिवर्तन भयो । लाखौँलाख मानिस घाइते, टुहुरा र घरबारविहीन बने । यस्तो अवस्थामा अभिभावकका रूपमा विश्वसंस्थाको आवश्यकता महसुस गरियो । विश्व नेताहरूको प्रयासमा सन् १९४५ को अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घ स्थापना भयो । अमेरिकाको न्युयोर्क सहर
मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणबारेका आवाज बुलन्द भइरहेका छन् । जेनजी आन्दोलनले यसलाई ऐतिहासिक मोडमा पु¥याएको अनुभूति गरिएको छ । एक प्रकारले पुरानो संरचना, चलनचल्ती र प्रशासनिक ढाँचामा जबर
नेपाली कृषि क्षेत्रको पीडा हरेक वर्ष बर्खे र हिउँदे बाली लगाउने बेलामा चर्कने रासायनिक मल र बिउको अभावसँगै सतहमा आउँछ । तथ्याङ्क भन्छ, सरकारले बर्सेनि २० अर्ब रुपियाँभन्दा बढी अनुदानसहितको रासायनिक मल आयातमा खर्च गर्छ तर पनि धेरै किसानका हात खाली नै रहन्छन् । आयातमा खर्च भएको यो ठुलो धनराशि राष्ट्रिय ढुकुटीको दोहन मात्र होइन; यो हाम्रो माटो, स्वास्थ्य र भविष्यमाथि भइरहेको घातक लगानी हो ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ पाखापानीमा एक घरमा आगलागि हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
तेस्रो जनआन्दोलनका रूपमा गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले नेपालको राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ । केही घण्टामै सत्ता छोडेर भाग्नुपर्ला भनेर कसैले नसोच्नु स्वाभाविक हो तर यही भयो, जो धेरैको मानसपटलमा थिएन । झन् सत्तामा आसीनहरूले नपत्याएकैले यो अवस्था आएको हो । जे, जसरी भए पनि अहिलेको अवस्था आएको छ । अब हाम्रो अहम् विषय भनेको यो सङ्क्रमणको बेलामा नेपाल र नेपालीलाई कस
मकवानपुरको मकवानपुरगढीमा चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीय त्रसित हुनुभएको छ । मकवानपुरगढी गाउँपालिका– ५ को माथिल्लो भेगस्थित सोलिथुम, नयाँगाउ, लिङ्गे डाँडा र खैरेनीमा चितुवाका कारण स्थानीय त्रसित हुनुभएको हो ।
विकासात्मक मनोविद्का अनुसार मानिसको मस्तिष्क विकासका दृष्टिले तीन वर्षसम्मको उमेर उर्वर र महìवपूर्ण मानिन्छ । यो उमेर व्यक्तित्व विकासको आधार हो । नेपालमा चार वर्ष पूरा नभएका बालबालिकाका लागि शिशु विकास वा स्याहार केन्द्रमा राखी सर्वाङ्गीण विकासका क्रियाकलाप गराउन सकिने नीतिगत व्यवस्था रहेको छ । नीतिगत व्यवस्था र विद्यमान अभ्यासबिच सङ्गति देखिँदैन । शिशु विकास/स्याहारसम्बन्धी नीतिगत व्यवस्था, कार्यान्वयन अवस्था र सुधा
आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज (आइतबार) दोस्रो दिन खरना विधि गरिँदैछ । जीवनपद्धतिलाई प्रतिविम्बन गर्ने छठको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।
सल्यानमा ज्वरो र स्क्रब टाइफसका बिरामी बढ्दै गएसँगै थप एक पुरुषको मृत्यु भएको छ । दार्मा गाउँपालिका–५ ढाँकाडामका ४० वर्षीय टेकम चन्दको उपचारका क्रममा मृत्यु भएको हो ।