• ९ कात्तिक २०८२, आइतबार

निसीखोलामा एक घर जलेर नष्ट

blog

नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक ९ गते ।
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं. १ पाखापानीमा एक घरमा आगलागि हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । गोठे भनिने हुमबहादुर विकको घरमा शनिबार साँझ करिब ६ बजेतिर आगो लागि भएको स्थानीय सुन्दर बुढाले जानकारी दिनुभएको छ ।

घरको तीनै पट्टी खरको पालि रहेको र एउटा पालिमा चिसो भएका कारणले आगो बालेको तर उक्त आगो एक्कासी घरमा फैलिएको हो । आगो नियन्त्रण गर्नका लागि स्थानीयहरु जम्मा भएता पनि आगो घरमा पूर्णरूपमा फैलिसकेको कारणले निभाउन नसकिएको बुढाले बताउनुभयो ।

आगोले भने मानवीय क्षति नभएता पनि घरभित्र रहेको सम्पूर्ण सामग्री पूर्णरुपमा जलेर नष्ट भएको र क्षतिको मूल्याङ्कन गर्दै गरेको वडा अध्यक्ष चन्द्रसिङ राम्जालिले बताउनुभयो ।