शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
साहारा लिम्बू
फुङलिङ, कात्तिक ८ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा यस वर्षकै धेरै दर्शनार्थीले पूजा आराधना गरेका छन् । कात्तिक महिनाको दोस्रो शनिबार एकै दिन ६ हजार ३९३ जना दर्शनार्थीले पूजा गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज बिहान ३ बजेदेखि सुरु भएको पूजाको लाइन साँझ साढे ४ बजे सम्ममा मात्र समाप्त भएको थियो ।
पाथीभरामा दर्शनार्थीहरूका सहजताका लागि लाइन लागाइ आलोपालो पूजा गर्ने व्यवस्था मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । असोज महिनामा २९ हजार १७४ जना तीर्थयात्रीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए ।