बाटोघाटो राम्रो भए पनि बुलिङटार र बौदीकाली गाउँपालिकाका स्थानीय बासिन्दा यातायात व्यवसायीको मनलाग्दी र चर्को भाडादरको मारमा परिरहेका छन् ।
सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण लमजुुङको क्होलासोँथर गाउँपालिका–६ स्थित पसगाउँले पर्यटक लोभ्याउने गरेको छ ।
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपलिकाको स्याल्तडी र दुल्ली कुनमा पर्ने धुलाम्मे र हिलाम्मे सडकमा ढुङ्गा बिछ्याउने कार्य सम्पन्न हुँदा यातायातका साधनलाई सहज भएको छ ।
यहाँको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण गरिएको छ । यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यले पदमार्ग निर्माण थालिएको हो ।
मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।
छ महिनासम्म भरिभराउन हुने यहाँका खर्क यतिबेला प्रयोगविहीन अवस्थामा पुगेका छन् । जिल्लावासीले पशुपालन व्यवसाय कम गर्दै लगेपछि बर्खायाममा भरिभराउ हुने खर्क रित्तिन लागेका हुन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गर्नुभयो ।
छिटो निको हुने आशामा एन्टिबायोटिकको प्रयोग बढ्दै जाँदा यसले स्वास्थ्यमा गम्भीर सङ्कट निम्त्याउने हुँदा प्रयोगमा सचेत रहन आग्रह गरिएको छ ।
विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक रु दुई सय अनिवार्य र रु पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना सहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ ।
धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको आउटलेटबाट हेडरेस सुरुङ निर्माण थालिएको छ ।
भेरी लिफ्टिङ आयोजनाको पहुँच मार्ग विस्तार गर्न बाटो खुलेको छ । सरकारले जग्गा भोगाधिकारको अनुमति दिएसँगै पहुँच मार्ग विस्तारको बाटो खुलेको हो । मन्त्रीपरिषद्को बैठकबाट आयोजनाको मुख्य क्षेत्र जोड्ने पहुँच मार्ग निर्माणपूर्वको जग्गा भोगाधिकारको अनुमति दिने निर्णय भएको हो ।
यहाँको हिमा गाउँपालिकाले खानेपानीका मुहानको पहिचान र संरक्षणका विषयमा जलकचहरी आयोजना गरेर गहन छलफल थालेको छ । बढ्दै गरेको जनसङ्ख्या, जथाभाबी वनफँडानी, डढेलोका कारण पानीका स्रोत सुक्दै जान थालेपछि खानेपानीको दिगो समाधानका लागि जल सम्मेलनको आयोजना गरिएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।