• ९ कात्तिक २०८२, आइतबार

आइसिसी विश्वकप क्रिकेट लिग : नेपालले टस जितेर फिल्डिङ रोज्यो

blog

तस्बिर सौजन्यः नेपाल क्रिकेट सङ्घ

काठमाडौं,  कात्तिक ९ गते ।   आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको  खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तर्राष्ट्रिय रङ्गशालामा जारी छ ।

त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी  लिगमा नेपाल चार शृङ्खलामा १६ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ ।  अमेरिका २० खेलमा २८ अङ्कका साथ दोस्रो स्थानमा छ । 

लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन  शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आशिफ शेख,  भीम सार्की, गुल्शनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन्  । रासस