गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहसचिवहरुको सरुवा गरेको छ ।
सूर्य उपासना र आस्थाको चार दिवसीय पर्व छठको दोस्रो दिन आइतबार साँझ महोत्तरी सहित देशभर घर–आँगनमा भक्तिभावका साथ खरना विधि सम्पन्न गरिएको छ।
वीरगन्जको घडिअर्वा पोखरी छठघाटलाई स्थानीय छठपूजा व्यवस्थापन समितिले झिलिमिली बत्तिको प्रयोग गर्दै दुलही जस्तै सिंगारेका छन्।
पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन खण्ड दुई घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित डम्पिङ साइट क्षेत्रमा राति दुई घण्टाका लागि सडक बन्द रहने जनाएको छ।
बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पामा रहेको धान खेतको फाँट । तिहार सकिए लगत्तै यहाँका किसानलाई धान भित्र्यााउने चटारो छ ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आइतबार आफ्नो पदबहाली गर्नुभएको छ ।
शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जानुहुने भएको छ।
पत्रकार तथा साहित्यकार सविन प्रियासनको १२ औं कृति ‘कालो मन’ उपन्यास सार्वजनिक भएको छ । घोराहीमा रहेर लामो समयदेखि साहित्य र पत्रकारितामा सक्रिय प्रियासनको उक्त कृति हालै विशेष समारोहबीच सार्वजनिक गरिएको हो ।
बाघको आक्रमण पटक–पटक भइरहँदा पनि बेवास्ता गर्नेगरेको जनाउँदै बाँके राष्ट्रिय निकुञ्जप्रति राप्ती सोनारी गाउँपालिकाका स्थानीय आक्रोशित भएका छन् ।
कैलालीको जोशीपुर गाउँपालिका –३ लकडमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । शनिबार राति श्रीमान श्रीमतीबिच घरायसी सामान्य विवाद हुँदा श्रीमतीले श्रीमानलाई हतियार प्रहार गरेको जनाइएको छ ।
ताप्लेजुङमा विद्युतीय ट्रान्सफर्मर चोरी गरेको अभियोगमा दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –४ साँवाका ३३ वर्षीय फुपुनाम्गे शेर्पा र फक्ताङलुङ गाउँपालिका –१ सावादिनका ३९ वर्षीय आइतबहादुर लिम्बू रहेका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माविका तत्कालीन प्रधानाध्यापक रबिलाल लुइटेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले गलकोट नगरपालिका–११, रिघाको सहरी स्वास्थ्य केन्द्रलाई व्यक्तिगत खर्चमा कम्प्युटर र प्रिन्टर प्रदान गर्नुभएको छ ।
हिमाली जिल्ला मनाङमा लेक लागेर तीन जनाको मृत्यु भएको छ। मनाङको नार्पाभूमि गाउँपालिकाका विभिन्न स्थानमा लेक लागेर तीन जनाको मृत्यु भएको हो।
गुल्मीमा पहिलो पटक कफीको जातीय परीक्षण गरिएको छ। यस जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधिद्वारा ३८ जातमा कफीको जातीय परीक्षण गरेको हो।