मुग्लिन-पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको ब्यास नगरपालिका(५ स्थित सिर्दिमा चार लेनमा विस्तार गरिएपछिको सडक पृष्ठभूमीमा मादी नदी दमौली बजार र आसपासको दृश्य ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएकी गणतन्त्र इजिप्टकी राजदूत नोहा हम्दी अहमेद एलजेब्लीले आज बिदाई भेट गर्नुभएको छ ।
बाँकेका चार स्थानीय तहले इस्लाम धर्मावलम्बीको दोस्रो ठुलो पर्व इद–उल–अजहा (बकर इद) को अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन्।
नेपालमा हरेक वर्ष करिब २५ सय देखि २६ सय नयाँ मस्तिष्क ट्युमरका बिरामी पहिचान हुने अनुमान गरिएको छ । वीर अस्पतालले विश्व मस्तिष्क ट्युमर दिवसको अवसरमा सार्वजनिक राष्ट्रिय स्तरको मस्तिष्क ट्युमरसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँसगढी नगरपालिका–९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारू हुनुहुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। स्थानीय जनता तथा सेवाग्राहीको सहभागितामा गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई आयोजना गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले असार १ गते आउने बजेटमा कसैबाट हुने चलखेल स्वीकार नहुने बताउनुभएको छ । उहाँले उपभोक्ता समितिबाट हुने विकासको काम पनि नहुने बताउनुभएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अङ्कले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो।
कैलालीका लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाबिच सीमा विवाद भएको छ । लम्कीचुहा नगरपालिकाले लम्की–टीकापुर सडकमा स्वागत गेट बनाउन थालेपछि सो विवाद आएको हो ।
शैक्षिक गुणस्तर सुधारका लागि भन्दै विद्यालयलाई दुई बिघा जमिन दान गर्ने दाताको नाममा विद्यालयको नाम कायम गरिएको छ । कैलारी गाउँपालिका –७ बसन्तामा रहेको विद्यालयको नाम राष्ट्रिय चन्द्र आधारभूत विद्यालय कायम गरिएको हो ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दङ्गीशरण गाउँपालिका–२ का ६५ वर्षिय नारायण भण्डारी र सोही ठाउँ निवासी ४२ वर्षिय शान्ता खड्का चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
बागमती प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिता आइतबारदेखि भक्तपुरमा सुरु भएको छ ।