• ९ कात्तिक २०८२, आइतबार

शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेस जाने

blog

गृहमन्त्री ओमप्रकाश अर्याल । फाइल तस्बिर

काठमाडौँ, कात्तिक ९ गते । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जानुहुने भएको छ। 

मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल रहनुहुनेछ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उहाँहरु सोमबार जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

सोमबार र मंगलबार गरी उहाँ दुई दिन मधेसमा रहनुहुनेछ। त्यस क्रममा उहाँले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । 

यस्तै उहाँ छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनुहुनेछ।