कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का विशेष प्रतिनिधि डयानियल गुस्टाफसनबिच भेटवार्ता भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी परिचालनमार्फत आर्थिक समृद्धि हासिल गर्न आगामी दिनमा थप क्रियाशीलता लिन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्ममा पाँच लाख ७३ हजार ६८२ नयाँ करदाता थपिएका छन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार व्यक्तिगत, व्यावसायिक र अग्रिम कर कट्टीतर्फ गरी यी करदाताले नयाँ स्थायी लेखा नम्बर (प्यान) लिएका हुन् ।
आर्थिक सङ्कटकाल घोषण गरेको गुल्मीको रेसुंगा क्याम्पस लयमा आएको छ । आर्थिक अभावका कारण सङ्कटकाल घोषण गरेको क्याम्पस अहिले लयमा फर्किएको क्याम्पस सञ्चालक समितिले जानकारी गराएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) ले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट गरी बजेटबाट ‘टेक एन्ड पे’ को प्रावधान हटाउन माग गरेको छ । अर्थ मन्त्रालयमा आइतबार भएको भेटमा मन्त्री पौडेलले भने बजेटको उक्त बुँदाले ऊर्जा उत्पादनमा कुनै पनि अप्ठ्यारो नपर्ने जिकिर गर्नुभएको थियो । उत्पादकहरूले भने उक्त बुँदाले जलविद्युत्को क्षेत्रमा थप लगानी नै नआउने दाबी गर्दै जसरी पनि सच्याउन आग्रह गरे ।
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहने जनाएको छ ।
काठमाडौँको वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया हुने भएको छ । अस्पतालका मस्तिष्क विभागका विभागीय प्रमुख डा. राजीव झाले जुन महिनाभर ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गर्ने जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ७१ पैसा र बिक्रीदर १३७ रुपियाँ ३१ पैसा कायम गरेको छ ।
प्रतिनिधि सभाको जारी गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षी दल सहमतिनजिक पुगेका छन् । प्रतिपक्षी दलले निरन्तर उठाइरहेका मागमा द्विपक्षीय सहमति भनेभइसकेको छैन । यद्यपि सोमबारसम्म लिखित सहमति नै गरेर सदनको अवरोध हटाउने विश्वासमा दलहरू छन् ।
निर्माण व्यवसायीले कामको जिम्मा लिने तर समयमै काम सम्पन्न नगरी आलटाल गर्ने प्रवृत्ति कायमै छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर हर्मिचौरदेखि बलेवा सडकखण्डको ४५ किलोमिटर खण्डको कालोपत्रे गर्ने काम भने कालिका कन्स्ट्रक्सनले सम्झौताभन्दा छ महिनाअगावै सम्पन्न गरेको छ ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डले नेपाललाई जितका लागि ३२४ रनको विशाल लक्ष्य दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ।
प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरुको विरोधका कारण सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।
ट्रान्सर्फमर उत्पादन गर्दै आएको हेटौँडा उपमहानगरपालिका ११ थाना भ¥याङस्थित नेपाल इकरत इन्जिनियरिङ कम्पनी प्रालि (निक)ले विद्युतीय सवारी साधन तीव्र गतिको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ।
मुग्लिन-पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको ब्यास नगरपालिका(५ स्थित सिर्दिमा चार लेनमा विस्तार गरिएपछिको सडक पृष्ठभूमीमा मादी नदी दमौली बजार र आसपासको दृश्य ।