• १० कात्तिक २०८२, सोमबार

झापा गाउँपालिकालाई दुतिया मेला भलिबल उपाधि

blog

द्वितीया मेला भलिवल प्रतियोगिताको उपाधिसहित झापा गाउँपालिकाका खेलाडी ।

राधा लुइटेल

फिदिम, कात्तिक ९ गते । झापा गाउँपालिकाले पाँचथरमा आयोजित दुतिया मेला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतिस्पर्धी तेह«थुमको फेदाप गाउँपालिकालाई हराँउदै झापाले १ लाख ३३ हजार रुपियाँ पुरस्कार राशीको प्रतियोगितामा उपाधि जितेको हो ।

उपबिजेता फेदाप गाउँपालिकाले ८० हजार रुपियाँ पुरस्कार र ट्रफीमा चित्त बुझाएको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमानामा रहेको ओसागु बजारमा भाइटीकाको दिनदेखि प्रतियोगिता सुरु भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टिमलाई पछिपार्दै झापाले उपाधि जितेको हो ।  प्रतियोगिताका विजेता र उपविजेता टिम र खेलाडिलाई कोशी प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पुर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले पुरस्कार प्रदान गर्नुभयो ।