• १० कात्तिक २०८२, सोमबार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, कात्तिक १० गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ २६ पैसा र बिक्रीदर १४० रुपियाँ ८६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ०७ पैसा र बिक्रीदर १६३ रुपियाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ ७३ पैसा र बिक्रीदर १८७ रुपियाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ २७ पैसा र बिक्रीदर १७७ रुपियाँ ०३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ३६ पैसा र बिक्रीदर ९१ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २१ पैसा र बिक्रीदर १०० रुपियाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ र बिक्रीदर १०८ रुपियाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७० पैसा र बिक्रीदर १९ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ४८  पैसा र बिक्रीदर ३८ रुपियाँ ६४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २९ पैसा र बिक्रीदर चार रुपियाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ १९ पैसा र बिक्रीदर ३८ रुपियाँ ३५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ २१ पैसा र बिक्रीदर ३३ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९२ पैसा र बिक्रीदर १४ रुपियाँ ९८ पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ८३ पैसा र बिक्रीदर २१ रुपियाँ ९३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०५ पैसा र बिक्रीदर १८ रुपियाँ १३ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ ५० पैसा र बिक्रीदर ४५९ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपियाँ ६३ पैसा , ओमनी रियाल एकको खरिददर ३६४ रुपियाँ ३० पैसा र बिक्रीदर ३६५ रुपियाँ ८६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस