भूकम्प गएको दुई वर्षसम्म पुनर्निर्माण नहुँदा जाजरकोटको सेतो दरबार झाडीमा परिणत हुन लागेको छ । २०८० कात्तिक १७ गते मध्यरात बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले बस्न नमिल्ने गरी भत्किएपछि पुनर्निर्माण नहुँदा झारपात उम्रिन थालेका छन् ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ मा रहेको बहुमूल्य कायइनट खानीको संरक्षण नहुँदा दैनिक चोरी निकासी हुँदै आएको छ ।
उपचार, हेरचाह र सामाजिक सद्भाव नपाउँदा मानसिक रोगी सडकमा बेवारिसे घुमिरहेको पाइएको छ । जिल्ला सदरमुकाममा मात्रै दैनिक तीन/चार जना मानसिक रोगी सडकमा डुलिरहेको देख्न सकिन्छ ।
किसानहरू धान बेच्न आत्तिइरहेका बेला व्यापारीले धान खरिद बन्द गरेका छन् । तिहारअघि कैलालीको भजनीमा प्रतिक्विन्टल दुई हजार चार सय रुपियाँ, टीकापुरमा दुई हजार छ सय रुपियाँ, धनगढीमा दुई हजार आठ सय रुपियाँमा धान खरिद भइरहेकोमा तिहारपछि त्यो पनि बन्द भएको छ ।
खलो प्रथाका कारण बैतडीका अधिकांश ठाउँमा परम्परागत आरन बन्द हुँदै गएका छन् । वर्षभरि आरनमा फलाम पिटेर कृषि औजार बनाएबापत खलोका रूपमा पाइने एक पाथी मकै र गहुँले जीविका नचलेपछि आरनको काम छाडेर शिल्पकारहरू ज्याला मजदुरी गर्न भारत जान थालेका छन् । कोही आरन पेसा छाडेर अन्य व्यवसाय गर्न थालेका छन् । आरनसँगै गाउँमा खेतीपातीको कामसमेत घट्न थालेको छ । युवा जनशक्ति पलायन र बसाइँसराइका कारण
रौतहटको रामपुरखाप सीमापारिबाट हुँदै आएको तस्करी र अवैध आयात रोक्न सशस्त्र प्रहरी कडा रूपमा प्रस्तुत भएको छ ।
हेटौँडाको सहिद स्मारकमा आन्तरिक तथा बाह्य पर्यटकको भिड बढेको छ । तिहारपछि घुम्न निस्कने पर्यटकले हेटौँडा–११ मा रहेको सहिद स्मारक भरिभराउ हुनथालेपछि स्थानीयको व्यापार व्यवसायमा वृद्धि भएको छ ।
पर्यटकलाई धार्मिक एवं सांस्कृति पक्षको जानकारी गराउने उद्देश्यले मेलम्चीको ज्यामिरेमा गुफाडाँडा पर्यटन पार्क निर्माण गर्न लागिएको छ । गुफाडाँडालाई पर्यटकीय क्षेत्र बनाउनका लागि मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई करोड
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले “विभिन्न चाड पर्वले नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा महत्त्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको असोज ५ गतेको निर्णय, अर्थमन्त्रालयको ७ गते र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ गतेको परिपत्रलाई गुल्मीका स्थानीय तहहरुले कार्यान्वयनमा ढिलासुस्ती गरेका छन् ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहाहुर खड्काले छठ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रुपमा स्थापित भएको बताउनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
देश नयाँ जनादेशतर्फ अग्रसर छ । भदौ २३ र २४ गतेको नवपुस्ता अर्थात् जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकार सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्दै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सफल बनाउन सबै खालको तयारीमा छ ।
संवत् २०८२ साल फागुन २१ मा निर्वाचन गर्ने गरी मिति २०८२।५।२७ मा राष्ट्रपतिबाट निर्वाचनको मिति तोकिएको छ । सोही अनुरूप आयोगको मिति २०८२।६।२० को निर्णय अनुसार आन्तरिक कामकारबाहीका लागि निर्वाचन कार्यतालिका स्वीकृत