जिल्ला कारागारबाट भागेकामध्ये हालसम्म ३८८ कैदीबन्दी फिर्ता आएका छन् । फिर्ता आएकामा ३७१ पुरुष र १७ महिला कैदी रहेका छन् ।
गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सारस्थित परूवाफाँटमा पाकेर काट्न तयार भएको पहेँलपुर धानखेती ।
मिथिलाञ्चलका महापर्व छठ सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिई मिथिलाका साथै देशभरि मनाइँदै छ ।
नवनियुक्त स्वास्थ्य तथा जनङ्ख्यामन्त्री डा.सुधा गौतमले निर्वाचन भाँड्ने प्रयास नगर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
दुबै मृगौला फेल भएर थला पर्नु भएका वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई उपचार सहयोगार्थ एक लाख ७१ हजार २११ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ।
नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसरमा नेपाल तरुण दल तनहुँले सोमबार एक युवा पत्रकारलाई सम्मान गरेको छ ।
देशका ७५ जिल्लाबाट छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याक अनुसार छ हजार ६६८ जनामा डेंगु पुष्टि भएको छ ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय एकतासहित सामाजिक सद्भाव र समृद्ध समाज निर्माणका पक्षमा छठ पर्वको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई सङ्खुवासभा जिल्लाहुँदै तराईसगँ जोड्ने अरुण नदीको सतिघाटमा सोमबारदेखि फेरी सञ्चालन भएको छ ।
प्रहरीले कञ्चनपुरका विभिन्न स्थानमा जुवा खेलिरहेको अवस्थामा एक सय १३ जनालाई पक्राउ गरेको छ । यस वर्षको तिहारको समयमा रातदिन जुवा खेलिरहेको अवस्थामा प्रहरीले ११३ जनालाई पक्राउ गरी कारबाही गरिएको जनाएको हो ।
स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू. दुई हजारले घटेर रू. दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
क्वालालम्पुर,कात्तिक १० गते । व्यापार विवाद तीव्र बन्दै गएपछि संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियो र भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करबीच सोमबार मलेसियामा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । यो भेट दुई देशबीचको व्यापार वार्ता अगाडि बढाउने र अमेरिकाले भारतमाथि लगाएको सजायात्मक भन्सार शुल्कका कारण उत्पन्न तनाव कम गर्ने उद्देश्यले गरिएको उच्चस्तरीय कूटनीतिक सम्पर्कको रूपमा हेरिएको छ ।यस भेटका केही विवरणहरू मात्र सार्वजनिक गरिए पनि यो संवाद गत हप्ता अमेरिकाले भारतको प्रमुख कच्चा तेल आपूर्तिकर्ता रहेका रूसी तेल कम्पनीहरूमा लगाएको प्रतिबन्धपछि भएको पहिलो प्रत्यक्ष वार्ता हो । यसले वासिङ्टन र नयाँदिल्लीबीच पुनः संवादको ढोका खोलेको विश्लेषण गरिएको छ ।जयशङ्करले सामाजिक सञ्जाल एक्समार्फत रुबियोसँगको मुस्कुराउँदै हात मिलाएको तस्बिर साझा गर्दै लेख्नुभएको छ, “हाम्रो द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी विषयहरूमा भएको उपयोगी छलफलको म प्रशंसा गर्दछु ।”यो भेट दक्षिणपूर्वी एसियाली शिखर सम्मेलनको साइडलाइनमा सम्पन्न भएको थियो । सो अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यक्तिगत रूपमा उपस्थित हुनुभएको थियो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो लिङ्कद्वारा सम्बोधन गर्नुभएको थियो ।गत अगस्टमा राष्ट्रपति ट्रम्पले भारतमाथि लगाइने भन्सार शुल्क दर ५० प्रतिशतसम्म बढाएपछि दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । अमेरिकी अधिकारीहरूले भारतमाथि मस्कोबाट छुट मूल्यमा तेल खरिद गरेर युक्रेनमा जारी रुसको युद्धलाई अप्रत्यक्ष सहयोग गरेको आरोप लगाएका थिए ।गत हप्ता प्रधानमन्त्री मोदीसँग टेलिफोन वार्ता गरेपछि राष्ट्रपति ट्रम्पले भारतले रूसी तेल आयात कटौती गर्न सहमति जनाएको दाबी गर्नुभएको थियो, तर यसबारेमा नयाँदिल्लीले आधिकारिक प्रतिक्रिया दिएको छैन । रासस/एएफपी
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत छत्रेश्वरी, ६ शिवगुफा नजिकै गएराति करिव १२ बजे गाडी दुर्घटना परेको थियो ।
नेपालीहरुका महान पर्व दसैँतिहार सकिएपछि सुदूरपश्चिमका विभिन्न स्थानमा विराजमान देवीदेवताको वार्षिक भव्य पूजाआजासँगै मेलाको रौनक सुरु भएको छ ।
भुइँसहित ६ तला रहेको गुफामा तलैपिच्छे भर्याङ चढ्दै जाने पर्यटकलाई आकर्षक तर अनौठो गुफाले मोहित बनाउँछ । समुन्द्री सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित गुफाभित्र एउटाबाट अर्को कोठासम्म पुग्न मिल्ने ५० कोठामा प्रत्यक्ष अवलोकन गर्न मिल्छ भने तत्कालीन समयमा कुल एक सय ८ कोठा बनाइएको थियो ।