अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैङ्क लिमिटेडका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैङ्कबाट प्रवाह हुने ऋण प्रक्रियामा सहजीकरण दिने भनी घुस लिएको आरोपमा आयोगले अधिकारीलाई तीन वटा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
राष्ट्रिय सभाले पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ पारित गरेको छ । सो विधेयक अब प्रतिनिधि सभामा पठाइने छ ।
बागमती प्रदेशमा दर्ता भएको सवारीसाधनको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन) राख्ने काम एक वर्षमा सम्पन्न गरिने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीमा दर्ता भएकामध्ये ५८ हजार सवारीसाधनको विद्युतीय अभिलेखीकरण भएको छ ।
भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
वित्तीय सङ्घीयता कार्यान्वयनका दृष्टिकोणले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट कमजोर रुपमा प्रस्तुत भएको टिप्पणी गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फिभर देखापरेको विषयमा उक्त रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायलाई परिचालन गरेको छ ।
यहाँको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर आउने जङ्गली हात्तीबाट फेरि आजित बन्न थालेका छन् ।
जिल्लामा ५४ प्रतिशत आमाहरुले मात्र शिशुलाई पूर्ण स्तनपान (जन्मेदेखि छ महिनासम्म) गराउने गरेका छन् । चालु आर्थिक वर्षको चैत सम्म गरिएको वृद्धि अनुगमन तथ्याङ्कअनुसार सो तथ्याङ्क फेला परेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिनुभयो ।
ताप्लेजुङस्थित तमोर नदीले बगाएर बेपत्ता बनाएको दुई शव फेला परेको छ । प्रहरीका अनुसार तमोर नदीमा बेपत्ता एक बालिका र एक महिलाको शव फेला परेको हो ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का सदस्यहरुको क्षमता अभिबृद्धिका लागि दुई दिने तालिम सुरुभएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) बागमति प्रदेशको आयोजनामा सो तालिमको आयोजना गरिएको हो ।
मकवानपुर प्रहरीले चोरीको ट्रक फेला पारी सवारी धनीलाई बुझाएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ बस्ने गणेश बरुवालको ना ६ ख ८५५ नं.को ट्रक पार्किङ गरी राखेको अवस्थामा यही जेठ १३ गते चोरी भएको थियो ।
काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका ११ सामुदायिक विद्यालयले १३ करोड रुपैयाँ अनुदान पाउने भएको छ । गाउँपालिकाले विद्यालयमा टिनको छानामुक्त बनाउने घोषणा अनुसार सङ्घीय सरकारबाट प्रति विद्यालय न्यूनतम १ करोड अनुदान प्राप्त गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो ।
कोलम्बियामा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को ९२औँ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) स्थापना भएको छ । तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली चयन हुनुभएको छ ।
काठमाडौँ, जेठ २६ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले] महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताउनुभएको छ । एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा आज राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबर्जस्ती उदय भएको बताउनुभयो । महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताउनुभयो । “राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ । त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो”, उहाँले भन्नुभयो ।पार्टीभित्र साङ्गठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको भन्दै महासचिव पोखरेलले त्यसविरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । “हाम्रोभित्रै हुर्किरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो”, उहाँले भन्नुभयो । महासचिव पोखरेलले एमाले समाजवादको लक्ष्य बोकेर हिँडेको पार्टी भएको भन्दै समाजवादसम्म पुग्न स्पष्ट विचार, दृष्टिकोण र साङ्गठनिक एकता आवश्यक रहेको बताउनुभयो । उहाँले समाजवादलाई ‘मानिसको सक्षम, सुखी र समृद्ध जीवन’को मार्गका रूपमा व्याख्या गर्नुपर्ने भन्दै समृद्ध नेपाल, सुखी नेपालीले समाजवादका आधार तयार पार्ने बताउनुभयो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष भूमिका सुब्बाले पार्टीका गतिविधि कला र संस्कृतिमार्फत जनसमक्ष प्रस्तुत गर्ने बताउनुभयो ।