षडानन्द नगरपालिका–१० तिनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरु चिराइतोखेतीमा जुटेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार जनकपुरधाम आउँदै हुनुहुन्छ । राजर्षिजनक विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम आउन लाग्नुभएको हो ।
हाम्रो बानी पनि अनौँठो छ । हामीसँग जुन कुरा छ त्यो मन नपर्ने, अनि जुन कुरा छैन त्यही प्यारो है ? करिब पाँच महिनासम्मको जाडोयाममा जाडोभन्दा त बरु गर्मी नै जाति भनेर गफ लगाउने हामी नै हौँ ।
वैदेशिक रोजगारीका लागि विदेश जाने सङ्ख्याका आधारमा लुम्बिनी प्रदेशको गुल्मी चौथो स्थानमा रहेको छ । आर्थिक वर्षको १० महिनामा गुल्मी जिल्लाबाट मात्रै १० हजार १९१ जनाले श्रम तथा पुनः श्रम स्वीकृति लिएका छन् ।
भाइबहिनीहरू, तपाईंले कहिलेकाहीँ पसलमा सामान किन्न जाँदा केही महिनाअघि २० रुपियाँमा किनेको सामान अहिले २५ रुपियाँ पुगेको थाहा पाएको हुनु पर्छ ।
सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा बाँकेका स्थानीय तहहरुको अनुदान बजेट बढेर आउने भएको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा १६ करोड रुपियाँभन्दा बढी बजेट आउने भएको हो ।
विद्यालय जीवनको महत्वपूर्ण अङ्ग हो । यो हाम्रो जीवनको आधार हो । विद्यालयमा मैले शिक्षा प्राप्त गर्दै र जीवनका महत्वपूर्ण पाठ सिक्छु । विद्यालय मेरा लागि शिक्षाको केन्द्र मात्र होइन, दोस्रो घर पनि हो । यहाँ मैले जीवनका धेरै अनमोल पाठ सिकेको छु ।
पूर्वराष्ट्रसेवक सङ्गठन राष्ट्रिय समन्वय परिषद् नेपाल जिल्ला शाखा बागलुङले बढेको भत्तालाई तलबमा गाभेर पेन्सन सुविधा बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
धिमाल समुदायबाट चिकित्सक बन्नु भएको डा.सजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा. सजनालाई प्रदान गरिने भएको हो ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाले भोटेकोशी गाउँपालिकाको लार्चास्थित भोटेकोशी नदीको बेलिबिज्र बगाएपछि सकसपूर्ण बनेको आवागमन नयाँ बेलिबिज्र जडानपछि सहज बनेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङसम्बन्धी नियमावली गण्डकी प्रदेश सरकारले एक महिनापछि कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभएको छ । सोमबार गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।
बैतडीको पुर्चाैडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न कति समय लाग्ला ? धेरै समय लागे छ महिनादेखि वर्ष दिनमा सकिन्छ भन्ने धेरैको अनुमान हुन सक्छ तर यो अनुमानविपरीत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर लामो सडक नौ वर्ष हुँदा पनि अझै पूरा भएको छैन ।