• १० कात्तिक २०८२, सोमबार

फरार दुई अभियुक्त पक्राउ

blog

पक्राउ परेका फरार अभियुक्त ।

रामकृष्ण बोहरा

बागलुङ, कात्तिक १० गते । एक वर्षअघि सजाए पाए पनि फरार भएका दुई जना प्रतिवादी पक्राउ परेका छन् । पशुपक्षी कसुर गरेका र बैँकिङ कसुर गरेका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पश्चिम बागलुङको गलकोट प्रहरीले गलकोट नगरपालिका–१, दुदिलाभाटी बस्ने ६० वर्षीय जङ्गबहादुर पुन र सोही ठाउँका २० वर्षीय सुपिद नेपालीलाई पक्राउ गरेको छ । पुनलाई बैँकिङ कसुर मुद्दामा गत वर्ष उच्च अदालत पाटनले ३७ लाख रुपियाँ जरिवाना तोकेको थियो भने ६ दिन कैद पनि तोकेको थियो । 

त्यस्तै २०८१ असार ५ गते जिल्ला अदालत बागलुङले पशुपक्षी विरुद्धको कसुरमा २ महिना सात दिन कैद सजाय तोकेका नेपाली पनि पक्राउ परेका छन् । दुवै जनालाई प्रहरीले सार्वजनिक गर्नुको साथै अदालतमार्फत कारागार पठाउने तयारी गरेको हो । 

लुकीछिपी बसेको अवस्थामा जानकारी पाएपछि प्रहरीको खोजी टोलीले उहाँहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी बसन्त पाण्डेले जानकारी दिनुभयो । दुवै जनालाई जिल्ला कारागारमा फैसला कार्यान्वयनका लागि पठाइने बताइएको छ ।