• १० कात्तिक २०८२, सोमबार

निलगिरीको दृश्यसँगै मुस्ताङ यात्रा

blog

पर्यटक आगमनमा वृद्धि भएसँगै कोरिडोरमा पर्ने ठुला तथा साना होटलहरु भरिभराउ भएपछि व्यावसायीहरु उत्साहित भएका छन् । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

कात्तिक १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ स्थित पर्यटकीयस्थल भुरुङ तातोपानीबाट देखिएको निलगिरी हिमाल र कालिगण्डकी कोरिडोर मार्ग हुँदै पर्यटक बोकेर मुस्ताङतर्फ सवारी साधन हुँइकिरहेका छन् ।  

यतिखेर मुस्ताङ भ्रमणको सिजन चलेको छ । दैनिक रुपमा करिब पाँच हजारभन्दा वढी आन्तरिक पर्यटक कालिगण्डकी कोरिडोर हुँदै मुस्ताङ भ्रमणका लागि पुग्ने गरेका छन् ।