• १० कात्तिक २०८२, सोमबार

राप्ती तटमा भक्तालुको घुइँचो (फोटो फिचर)

blog

हेटौँडाको राप्ती तटमा छठ पर्वको अवसरमा लागेको घुइँचो । तस्बिर: अनिल पराजुली ।

अनिल पराजुली

हेटौँडा, कात्तिक १० गते । अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर हेटौँडाको राप्ती तटमा छठ पर्व मनाइएको छ । सोमबार पहिलो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो भने मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन हुन्छ । हेटौँडाको राप्ती तटमा व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुभएको छ । 

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने यो पर्वको सोमवार मुख्य दिन मानिन्छ । ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गर्नुभएको थियो । तराई मधेससहित देशकै प्रमुख चाडको रूपमा छठ पर्व मनाइएको छ । 

गत वर्षको तुलनामा यसबर्ष छठ पर्व हेर्न आउने भक्तालु भने घटेका छन् । सामूहिक रूपमा पूजाका लागि २० फिट चौडा र ६५० फिट लम्बाइका ३५ वटा पण्डाल तयार गरिएको थियो । 

छठले मकवानपुरमा मधेसी र पहाडी समुदायबिचको सद्भाव र आपसी सम्बन्ध सुमधुर बन्दै गएको संयुक्त मधेसी सेवा समाज नेपाल मकवानपुरका सचिव नन्दलाल दासले जानकारी दिनुभयो ।