ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारत प्रस्थान गर्नुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनले हालै गरेको आणविक-सञ्चालित क्रुज मिसाइल परीक्षणलाई ‘उचित कदम होइन’ भनी टिप्पणी गर्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाटमा पुगेर छठ पूजा गर्नुभएको छ । सोमबार दिउँसो काठमाडौँ गौरीघाटमा पुगेर सूर्यलाई अर्घ दिँदै उहाँ छठ पूजामा सहभागी हुनुभएको हो ।
ढाकास्थित इन्डोर हालमा सोमबार भएको खेलमा नेपाल श्रीलङ्कासँग ३–० को सोझो सेटमा पराजित भयो ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उहाँ काठमाडौँको कमलपोरखीमा हुने छठ पूजामा सहभागी हुन लाग्नुभएको हो। प्रधानमन्त्री कार्की सोमबार अपरान्ह ४:१५ बजे कमलपोखरी जानुहुनेछ।
राँचीमा भएको च्याम्पियनसिपमा सन्तोषीले महिला १० हजार मिटर दौडमा ३४ मिनेट ४७.७७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित काँस्य जित्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताउनुभएको छ ।
बागलुङ नगरपालिका–८ सिगानास्थित ढुङ्गाले छाएको परम्परागत घर रहेका लामिचौर गाउँ ।
अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्णरूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नु भएको छ ।
सुनसरीका विभिन्न नदी, नाला, पोखरी, नहर र घरका छेउमा अस्थायी छठ घाटको सजावट कार्य गरेर साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिने तयारी भएको छ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १–० गोलले हरायो ।
महोत्तरीसहित मिथिला क्षेत्रमा सामाचकेवा पर्व सुरु भएको छ । दाजुभाइप्रति समर्पित सामाचकेवा पर्व मिथिलानी (मिथिलाका नारी)ले आइतबार रातिदेखि मनाउन थालेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच आसन्न उच्चस्तरीय वार्तापूर्व चीनका विदेशमन्त्री वाङ यीले सोमबार ‘बहुध्रुवीय संसारको आगमन’ लाई स्वागत गर्दै वासिङ्टनको नीतिबाट विश्व बजार अस्थिर भएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छठ पर्वको शुभकामना व्यक्त गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छठ पर्वको अवसरमा देश तथा देश बाहिर रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।