कर्णाली सरकारको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । सरकारले बुधवार प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सरकारले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो ।
लन्डनस्थित नेपाली दूतावासले पर्यटन बोर्डसँगको सहकार्यमा शुक्रवार साँझ पर्यटन प्रवर्धन सम्बन्धी विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ ।
वैदेशिक रोजगारका लागि बेलायत पठाई दिन्छु भनी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
दोस्रो मुसिकोट मेयर रनिङ्ग कप खुला अन्तर स्थानीय तह पुरुष भलिबल र भेट्रान्स ब्याटमिन्टन प्रतियोगीता मुसिकोट नगरपालिका–४ ग्वादीकाचौरमा सुरु भएको छ ।
प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो ।
गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रशारण नेपालबिच सूचना सन्देश साझा गर्नेगरी सातबुँदे सम्झौता भएको छ । संस्थान कार्यालयमा आज भएको छलफलपछि दुई संस्थाविच सो सहमति भएको हो ।
कोशी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सोमबार यहाँ सम्पन्न भएको छ । प्रदेश विपत् परिषद्को सो बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बिमा गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न बैठक बसेको थियो ।
राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यो सँगै बैँकको शाखा कार्यालयको सङ्ख्या तीन सय सात पुगेको छ ।
नेपाल राष्ट्र बैँकका गर्भनर डा.विश्वनाथ पौडेलले बैँक तथा बित्तीय संस्था र व्यवसायीबिचमा सम्बन्धमा सुधारमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति रहेको बताउनुभएको छ ।
रुकुमपूर्वमा दुई नाल भरुवा बन्दुक फेला परेको छ । सोमबार अन्दाजी बिहान सवा ६ बजेको समयमा सिस्ने गाउँपालिका–६ रानीकोट जङ्गलमा बेवारिसे दुई नाल भरुवा बन्दुक प्रहरीले फेला परेको हो ।
युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो ।
काठमाडौँ, जेठ २६ गते । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरीले सेवाकलामा चार करोड अन्ठाउन्न लाख सन्तानब्बे हजार चार सय तिन रुपैयाँ अठासी पैसा पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले सोमबार मुद्दा दर्ता गरेको जनाएको छ । धनुषा, क्षीरेश्वरनाथ नगरपालिका ५ (साबिक नकटाझिज ६) स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका ४ चण्डोल बस्ने कोइरीले पदीय मर्यादा विपरीतका कार्य गरी गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान गर्दा अकुत सम्पत्ति आर्जन गरेको पाइएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । आरोपित कोइरीले काठमाडौँ महानगरपालिकाको कार्यालयमा २०४६ वैशाख १९ गते देखि सार्वजनिक पद धारण गरी २०७८ फागुन ३० गतेसम्म जागिर खाएका थिए । उक्त अवधिमा सात करोड छयानब्बे लाख छयहत्तर हजार आठ सय चार रुपियाँ तेइस पैसा आर्जन गरेको र ती मध्ये तिन करोड सैँतिस लाख उनासी हजार चार सय रुपैयाँ चौँतिस पैसाको मात्र स्रोत देखिएकाले बाँकी रकम भ्रष्टाचार गरेको भन्दै आयोगले बिगो मागदाबी सहित कारबाही गर्न मुद्दा दर्ता गरेको जनाएको छ ।
लुम्बिनी प्रदेश यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को तथ्याङ्क अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।