अजरबैजानको बाकुमा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप २९) अवधिमा नेपाली सञ्चारमाध्यमले गरेको वातावरणसम्बन्धी समाचारको विश्लेषणमा सरकारी स्वामित्वको गोरखापत्र दैनिकले अरु निजी मिडियालाई समाचार प्रकाशनमा उछिनेको छ ।
प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ ।
निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक आधा घण्टापछि पुनः बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] सहितका विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन ।
राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
पछिल्लो समय इलाममा हुुने जुनसुुकै कार्यक्रममा जिल्लाका लागि कुुनै क्षेत्रमा केही भएन भन्ने धेरैको गुनासो सुनिन्छ । जिल्लामा केही भएको छ भन्ने उदारण पनि इलाममा रहेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफायर’ सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन् ।
मुक्त कम्लहरीलाई १५ दिने अचार बनाउने तालिम दिइएको छ । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयको र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा दाङका मुक्त कम्लहरीलाई तालीम दिइएको हो।
गण्डकी प्रदेशको 'लाइफलाइन' मानिएको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना सदरमुकाम जोमसोमदेखि स्याङ खोलासम्मसडक कालोपत्रेले गति लिएको छ ।
पश्चिम नवलपरासीमा गण्डक नहर सिँचाइ परियोजनाको क्षमता विस्तार भएको छ ।
कैलालीको कैलारी गाउँपालिका–६ खरुवाखेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्।
गाउँपालिका पहुँच मार्गको सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै पाल्पामा स्थानीय युवाले धर्ना दिएका छन् ।
कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी रूपमा आयोजित कार्यक्रमको अवसरमा केन्द्रले ताप्लेजुङका नौ जना उत्कृष्ट कृषकलाई सम्मान गरेको हो ।
बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न सरकारी अस्पताल/प्रतिष्ठानहरुलाई परिपत्र गरेको हो ।
पोखरामा एक युवकको शव फेला परेको छ ।