तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् ।
यहाँस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन् । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् ।
पर्यटकीय राजधानी पोखरामासमेत छठपर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्य भगवानको उपासना गरिने यस पर्वमा नेपालको तराई तथा मधेशी समुदायका श्रद्धालुहरुका लागि पोखरामै चार प्रमुख स्थानमा छठपूजा गर्ने व्यवस्था गरिएको हो ।
टाढाबाट झट्ट देख्दा चिनकै ग्रेट वालको झल्को दिने गरेर धुर्कोटको बुढीकोटमा एक किलोमिटर लामो पर्यटकीय पैदल मार्ग निर्माण गरिएको छ ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ मा रहेको बहुमूल्य काइनाइट खानीको संरक्षण नहुँदा दैनिक चोरीनिकासी हँुदै आएको छ । साबिकको भर्ता गाविसको लेख क्षेत्रमा रहेको काइनाइट संरक्षण नहुँदा चोरी तस्करी बढेको छ । तत्कालीन जिल्ला विकास समितिदेखि २०७४ र २०७९ को चुनावमा राजनीतिक दलले काइनाइट संरक्षण गर्ने भन्दै चुनावी मुद्दासमेत बनाउँदै आएका थिए तर काइनाइटको अवस्था फेरिएन बरु सरकारको योजना बुझेका तस्करले रातारात काइनाइट निकासी गर्दै आएका छन् ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी गरेर नष्ट भएको कर्णाली प्रदेश सभा बैठक स्थल बारे अन्योल कायमै रहेको छ । आगामी माघ २१ गतेभित्र हिउँदे अधिवेशन बस्नुपर्ने वैधानिक व्यवस्था छ तर प्रदेश सभा बैठक स्थलको व्यवस्था नभएका कारण बैठक अनिश्चित भएको छ ।
। रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ । बढी फल्ने वर्णशङ्कर९हाइव्रिड० र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो ।
जेनजी आन्दोलनका क्रममा कार्यालय तोडफोड र आगजनी भएपछि पोखरा महानगरपालिकाले पोखरा–९, नयाँबजारमा रहेको राष्ट्रिय वाणिज्य बैंकको भवनबाट सेवा दिने भएको छ ।
पटक पटकको आग्रहपछि पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै वीरेन्द्रनगरका स्थानीय नागरिक आफैँ सडक मर्मतमा जुटेका छन् । वीरेन्द्रनगर नगरपालिका–३ को शुभकामना टोलका स्थानीयले आफैँले बजेटको व्यवस्थापन गरेर सडक मर्मत गरेका हुन् । वर्षाका कारण सडक बिग्रिँदा नागरिकलाई सास्ती हुँदै आएको थियो । पटक पटक ध्यानाकर्षण गराउँदा वडा तथा नगरपालिकाले बेवास्ता गरेका कारण स्थानीय सडक मर्मत गर्नका लागि आफैँ जुटेको स्थानीय टीकाराम पौडेलले बताउनुभयो ।
विसं १९८० मा जाजरकोटको मटेलास्थित भेरी नदीमा बनेको पुलले रुकुम र जाजरकोटलाई मात्र जोडेको छैन, यस पुलले केन्द्र सरकार र जाजरकोटलाई समेत ऐतिहासिक रूपमा जोड्ने काम गरेको छ ।
भूकम्प गएको दुई वर्षसम्म पुनर्निर्माण नहुँदा जाजरकोटको सेतो दरबार झाडीमा परिणत हुन लागेको छ । २०८० कात्तिक १७ गते मध्यरात बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पले बस्न नमिल्ने गरी भत्किएपछि पुनर्निर्माण नहुँदा झारपात उम्रिन थालेका छन् ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ मा रहेको बहुमूल्य कायइनट खानीको संरक्षण नहुँदा दैनिक चोरी निकासी हुँदै आएको छ ।
उपचार, हेरचाह र सामाजिक सद्भाव नपाउँदा मानसिक रोगी सडकमा बेवारिसे घुमिरहेको पाइएको छ । जिल्ला सदरमुकाममा मात्रै दैनिक तीन/चार जना मानसिक रोगी सडकमा डुलिरहेको देख्न सकिन्छ ।
किसानहरू धान बेच्न आत्तिइरहेका बेला व्यापारीले धान खरिद बन्द गरेका छन् । तिहारअघि कैलालीको भजनीमा प्रतिक्विन्टल दुई हजार चार सय रुपियाँ, टीकापुरमा दुई हजार छ सय रुपियाँ, धनगढीमा दुई हजार आठ सय रुपियाँमा धान खरिद भइरहेकोमा तिहारपछि त्यो पनि बन्द भएको छ ।
खलो प्रथाका कारण बैतडीका अधिकांश ठाउँमा परम्परागत आरन बन्द हुँदै गएका छन् । वर्षभरि आरनमा फलाम पिटेर कृषि औजार बनाएबापत खलोका रूपमा पाइने एक पाथी मकै र गहुँले जीविका नचलेपछि आरनको काम छाडेर शिल्पकारहरू ज्याला मजदुरी गर्न भारत जान थालेका छन् । कोही आरन पेसा छाडेर अन्य व्यवसाय गर्न थालेका छन् । आरनसँगै गाउँमा खेतीपातीको कामसमेत घट्न थालेको छ । युवा जनशक्ति पलायन र बसाइँसराइका कारण