चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ३५ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि असोजसम्म ३११ परियोजनामार्फत ३५ अर्ब १३ करोड ७७ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । असोजमा मात्र ५४ वटा परियोजनामार्फत चार अर्ब ९४ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व मङ्गलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भएको छ ।
दसैँतिहारलगत्तै फलफूलको कारोबार घटेको छ । नेपाल फलफूल थोक व्यवसायी महासङ्घका अनुसार तिहारअघिको तुलनामा तिहारपछि फलफूलको व्यापार घटेको हो । महासङ्घ काठमाडौँका अध्यक्ष अमर बानियाँले तिहारअघिको तुलनामा तिहारपछि फलफूलको कारोबार झन्डै आधाले घटेको जानकारी दिनुभयो ।
प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ निवासी २७ वर्षीय अभिनन्द कुमार यादव रहेका छन् ।
पोकली झरना सेवा समाजको अध्यक्षमा कृष्ण ढुङ्गेल निर्वाचित हुनुभएको छ । ओखलढुङ्गामा रहेको पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । यसको उचाइ १३० मिटर रहेको छ ।
मुस्ताङमा घुम्न गएका एक नेपाली तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९० पैसा र बिक्रीदर १४१ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ ।
किसानको खेतीलाई सकारात्मक र नकारात्मक दुवैखालको असर पर्ने गरी अबको केही दिन नेपालमा वर्षा र हिमपात हुने भएको छ । अरब सागर र बङ्गालको खाडी दुवैतर्फ बनेको न्यूनचापीय प्रणालीका कारण नेपालमा अबको केही दिन बदलीसहित वर्षा र हिमपात हुने भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ ।
अगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र शान्ति सुरक्षाको विषयमा जानकारी लिन सोमबार जनकपुरधाम आउनुभएका नेपाल सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जनकपुरधामको छठ पूजामा सहभागी हुनुभएको छ ।
सहिदहरूको भूमिको रूपमा चिनिने धनकुटाको सहिदभूमि गाउँपालिकालाई व्यापारिक घराना खेतान समूहको खेतान फाउन्डेसनले ५ अर्ब बराबरको सहयोग गर्नेभएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । भैरहवादेखि परासीतर्फ आउँदैगरेको युपी ५५ एटी ५६६६ नम्बरको भारतीय ट्रकले रामग्राम नगरपालिका वडा ३ घोडपालिमा बाटो काट्ने क्रममा ठक्कर दिएको थियो।
सञ्चार तथा सूचना प्रविधिमिन्त्री जगदीश खरेलले वर्तमान सरकार फागुन २१ मा घोषित प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्धताका साथ लागि परेको बताउनु भएको छ ।
नेपाल तरुण दलको ७३औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित शुभकामना कार्यक्रममा रक्तदान गर्नुहुँदै पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा ।
आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर आइपुग्नुभएको छ ।