बाँकेको खजुरा गाउँपालिका–२ का ४२ वर्षीय रेसमप्रसाद चपाईले १८ वर्षसम्म विदेशमा पसिना बगाउनुभयो तर सोचे जस्तो सफलता नभएपछि स्वदेश फर्केर कृषिमा लाग्नुभयो । अहिले भैँसीपालनमार्फत गाउँमै आत्मनिर्भर बन्नुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणले गत वैशाख ३० गते एक सार्वजनिक सूचनामार्फत ५४ जलविद्युत् आयोजना चयन गरी विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) गर्न एक महिनाभित्र आवश्यक कागजात पेस गर्न भन्यो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र साउदी अरबका अन्तर्राष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबिच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ ।
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् ।
मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित प्रायः सबै सूचक अब्बल देखिएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाको तथ्याङ्क अनुसार आर्थिक अवस्था देखाउने राजस्व तथा खर्च, व्यापार, शोधनान्तर अवस्थासहित मौद्रिक अवस्था देखाउने कर्जा तथा निक्षेप परिचालन, मुद्रास्फीतिलगायतका सूचकमा उल्लेख्य सुधार पाइएको हो ।
हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत र चीनसँग समन्वय गरेर नेपालले विकास र व्यापारको नयाँ रणनीति बनाउनुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरभित्र गुड्ने सवारीसाधनमध्ये आधाभन्दा बढी प्रदूषण मापदण्डविपरीत रहेको पाइएको छ । महानगरपालिकाले सुरु गरेको प्रदूषण परीक्षणमा ५१.४६ प्रतिशत सवारीसाधनले प्रदूषण मापदण्ड उल्लङ्घन गरेको पाइएको हो ।
आमाको नामबाट पनि नागरिकता लिन पाउने व्यवस्थासहित प्रतिनिधि सभा राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित गरेको छ ।
यही जेठ २ गते बिहानै लीलाराज गिरीले विद्यालय जाने तयारी गरिरहेकी सात वर्षीय छोरी प्रभा गिरी र पाँच वर्षीय भतिजो साजन गिरीको खुर्पा प्रयोग गरेर हत्या गरे । भरतपुर महानगरपालिका–२५ निवासी लीलाराजले प्रभा र साजनको हत्या मात्रै गरेनन्, आफूले पनि घाँटी रेटेरै आत्महत्या गर्ने प्रयास गरे तर संयोगले उनी बाँचे अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनुभएको छ । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० ले आज यहाँ एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अत्यधिक गर्मीले पठनपाठनमा समस्या भए पनि पर्सा र बाराका स्थानीय तहले तीन दिन विद्यालय बन्द गर्ने भएका छन् ।
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको चौथो तथा अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि २३७ रनको लक्ष्य दिएको छ ।