केन्याको तटीय काउन्टी क्वालेमा मङ्गलबार विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
मनाङ, मुस्ताङलगायतका हिमाली जिल्लामा गएरातिदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरुलाई सचेत गरानुको साथै सावधानी अपनाउन अनुरोध गरिएको छ ।
सगरमाथा क्षेत्रमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ भने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।
यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको सिमसिमे वर्षाका बिच पनि आज किसान धान काट्ने, चुट्ने र भित्र्याउने काममा जुटिरहेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशसँग स्थिर आर्थिक सहयोगको माग गर्नु भएको छ ।
संयुक्त राष्ट्र सङ्घ र फ्रान्सले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घको शान्ति सेनामाथि भएको इजरायली आक्रमणको निन्दा गर्दै घटनाले अन्तर्राष्ट्रिय कानुन र युद्धविरामको गम्भीर उल्लङ्घन गरेको बताएको अल जजिराले जनाएको छ ।
भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीले विद्यालय बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा फरक–फरक स्थानमा भएका दुई छुट्टा–छुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जापानमा आर्थिक वर्ष सन् २०२५ मा भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दश जना पुगेको रेकर्ड गरिएको छ ।
बङ्गलादेशमा सोमबारमात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका साथै छ जनाको मृत्यु भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी दक्षिण कोरिया भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने भेटअघि चीनप्रति लामो समयदेखि रहेको कठोर धारणा नरम पार्दै सीलाई ‘उत्कृष्ट र प्रतिभाशाली व्यक्ति’ का रूपमा वर्णन गर्नु भएको छ ।
आन्दोलनका क्रममा प्रदेशसभा सचिवालयको भवनसहित सबैजसो कागजात नष्ट भएपछि गण्डकी प्रदेश सभा सचिवालयले प्रदेश सभा सदस्यहरूलाई व्यक्तिगत विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र उपचारको क्रममा मृत्यु भएकी महिलाका आफन्तबिच सहमति भएको छ।
कैलालीको घोडाघोडी नगपालिका–१०, पहलमानपुरमा जारी तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ ।
६ टोली सहभागी प्रतियोगितामा मङ्गलबार नेपालले माल्दिभ्सलाई ३–१ को सेटमा हरायो ।