नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन् ।
जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले सम्मानित हुनुभएको छ ।
मलेसियाको क्वालालम्पुरमा भएको २०औँ पूर्वी एसिया शिखर सम्मेलन (इएएस) का नेताले सोमबार विपद तयारी र प्रतिक्रियामा स्थानीयकरण प्रवद्र्धन गर्ने ऐतिहासिक वक्तव्य पारित गरेका छन् ।
म्यान्मामा जुन्ता-सञ्चालित आगामी निर्वाचनका लागि भाग लिन स्वीकृत राजनीतिक दलले मङ्गलबारदेखि प्रचार अभियान सुरु गरेका छन् ।
मनाङमा यस सिजनकै पहिलो भारी हिमपात भएको छ। सोमबार रातिदेखि भएको हिमपातले तिलिचो, अन्नपूर्ण बेस क्याम्प तथा थोराङ्गालापास गएका पर्यटकलाई समस्या परेको छ।
अमेरिकी प्रतिबन्धको दबाबपछि रूसको प्रमुख तेल कम्पनी लुकोइलले आफ्नो अन्तर्राष्ट्रिय सम्पत्ति बेच्ने निर्णय गरेको छ ।
नेपाल सितोरियो कराते सङ्घले मलेसियामा हालै सम्पन्न डब्लुकेएफ कराते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई एक लाख रुपियाँसहित सम्मान गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबिच भेटवार्ता भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ।
पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई एसियन पेन्ट्सले सहप्रायोजन गर्ने भएको छ ।
राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिनुभएको छ ।
प्रहरीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीलाई कुटपिटमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को विन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो ।
कुल एक हजार ३८२ अफगान शरणार्थी परिवारका सात हजार ९६९ व्यक्ति, सोमबार छिमेकी इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको फिर्ती समस्या सम्बोधन गर्ने उच्च आयोगले मङ्गलबार घोषणा गरेको छ ।