जनसमुदायको सक्रियतामा सञ्चालित पश्चिम नवलपरासीको एक मात्र सेवामुखी संस्था, सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ताले उपचार सेवाको स्तरमा फड्को मारेको छ ।
सार्वजनिक सरोकारका विषयमा सरकार वा सरकारी संयन्त्रबाट गरिने सेवा नै सार्वजनिक सेवा हो । सेवा प्रवाह सार्वजनिक क्षेत्र वा सरकारी निकायको अग्रणी भूमिका हुन्छ । सार्वजनिक सेवाको वितरण प्रभावकारी र जनताको चाहना अनुरूप हुनु पर्छ । कम गुनासो आउने गरी प्रभावकारी रूपमा सेवा प्रवाह गर्नु पर्छ । सोही कार्यको लागि सार्वजनिक पदमा आसीन व्यक्तिले ज्ञानको साझेदारी गर्ने संस्कार विकास गर्न सकेमा सेवा प्रवाह चुस्त हुने छ ।
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।
लागुऔषध दुर्व्यसन समाजमा बढ्दै गएपछि कैलालीको सुखडमा राष्ट्रिय कलाकारद्वारा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । कलाकार सौगात ओझाद्वारा परिकल्पनामा ‘सङ्गतको फल’ नामक नाटक सार्वजनिक स्थलमा प्रदर्शन गरिएको हो । सुखडबजारको हेलिप्याड चौरमा प्रदर्शन गरिएको नाटकको मुख्य भूमिकामा सुरवीर पण्डित (दारी बा), सौगात ओझा र अछामी रेखा रहनुभएको छ ।
कालीगण्डकी गाउँपालिका –३ आलमदेवी देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।
पाल्पाको पोखराथोक साहित्य सङ्गमले विविध कार्यक्रमसहित रजत जयन्ती मनाएको छ । विसं २०५७ असोज १२ गते बगनासकाली–२, पोखराथोकमा स्थापना भएको सङ्गमले रजत जयन्तीका अवसरमा अक्षयकोषदाता र साहित्यकारहरूलाई सम्मान गरेको हो । सङ्गमले प्रकाशन गरेको रजत जयन्ती विशेषाङ्क ‘वाटिका’ पनि सार्वजनिक गरिएको छ ।
तिहार सकेपछि पाकेको धान स्याहार्ने मेलोमा रहेका किसान बर्सातले धान डुबेपछि चिन्तामा परेका छन् । सोमबार बिहानबाट निरन्तर परेको पानीले किसानको धान खेतमै डुबेको छ ।
अमेरिकाको पेन्सिलभेनियामा रहेका नेपालीले नेप्लिज गुठी (नेपाली गुठी) मार्फत नेपाली चाडपर्व, संस्कार संस्कृति मनाउने र नेपाली भाषाको समेत जगेर्ना गर्दै आएका छन् । नेपाली, भाषा, परम्परा, संस्कृति र चा
१. ‘ग्लोबल पिस इन्डेक्स २०२५’ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ७६ औँ – प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको । सार्क राष्ट्र भुटान २१ औँ स्थानमा रहन सफल भएको ।
सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
राजनीतिक संरचनामा महिला १. कुनै पनि मुलुकको राजनीतिक संरचनामा महिलाको प्रतिनिधित्व किन आवश्यक पर्छ ? नेपालका राजनीतिक संरचनामा महिला प्रतिनिधित्व सुनिश्चित गर्न गरिएका बाध्यकारी व्यवस्थाको विश्लेषण गर्नुहोस् ।
सप्तरीसहित मधेशका जिल्लाहरूमा सामा चकेवाको गीत गुन्जिन थालेको छ । दाजुभाइ दिदीबहिनीको प्रेमको कथासँग जोडिएको सामा चकेवाको गीत सप्तरीसहित मधेशको घर घरमा दिनहुँ बेलुकी भएपछि गुन्जिन थालेको हो ।
सोमबार रातिदेखि परेको हिउँदे वर्षाले माथिल्लो कर्णालीको उच्च क्षेत्रमा हिमपात भएको छ भने तल्लो कर्णालीमा भित्र्याउन लागेको धानबालीमा व्यापक क्षति पु¥याएको छ । माथिल्लो कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पाको उच्च क्षेत्रतिर हिमपात भएको छ । सुर्खेत, जाजरकोट, कालीकोटलगायतका जिल्लामा खेतमा पाकेर भिœयाउन लागेको धान भिजेको छ । तिहारलगत्तै काटिएको धान खेतमै रहेका बेला परेको पानीले भिज्दा कृषक चिन्तित छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वलक्षित सञ्चालन गरिएको सहुलियत मूल्य पसल कात्तिक ३० गतेसम्म लागि निरन्तरता दिने जानकारी गराएको छ
बागलुङको काठेखोला गाउँपालिका–४ स्थित तंग्राम आधारभूत स्वास्थ्य चौकीको भवन बजेट अभावमा अधुरो बनेको छ । स्वास्थ्यचौकीको भवन नहुँदा यहाँका नागरिकले सहज रुपमा सेवा पाउन सकेका छैनन् । अस्थायी रुपमा अहिले पाहुना घरबाट सेवा सञ्चालनमा आइरहेको छ ।