प्रहरीले डिएसपी हुँ भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटना स्थलबाट चार जनाको सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको थियो ।
कृषि विकास बैँक ‘ए’ ले १४औँ कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा बुधबार दोहोरो उपाधि जितेको छ ।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यसवर्ष चार वटा खरमुजुर अभिलेख गरिएको छ ।
कञ्चनपुरमा नेपाल प्रहरीका असई माथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–८ स्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई वीरबहादुर चन्द माथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको बन जंङ्गलमा पशु वस्तु चराउन र जडीबुटी सङ्कलन गर्न रोक लगाइएको छ । वडा भित्रको बन क्षेत्रको प्राकृतिक सम्पदा, जडीबुटी र बास्पतीको संरक्षण र व्यवस्थापनका लागि सो कार्य गर्न रोक लगाइएको हो ।
१५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।
प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक बिहीबारका लागि सरेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा कायम भएको हो ।
नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ ।
। बुधबार दिउँसो १ बजेका लागि बोलाइको बैठक सभामुख र प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलपछि दिउँसो ३ः१५ बजेका लागि सरेको थियो ।
भारतको हिमाचल प्रदेशको सिम्लामा १५ बर्ष स्याउ बगैँचामा काम गर्नुभएका रोल्पा निवासी मनु बुढामगर दाङको घोराहीमा स्याउका बिरुवा उत्पादनसँगै स्याउको व्यवसायिक खेतीमा लाग्नुभएको छ ।
गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा रैथाने गाईको संरक्षण गर्न गाईपालक किसानलाई भत्ता प्रदान गरिएको छ ।
सल्यानमा गएरातिको वर्षासँगै आएको बाढीका कारण शारदा नगरपालिकाको ग्रामीण मोटर बाटो पूर्णरूपमा अवरुद्ध भएको छ ।
१३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको महिला टिम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ ।